Fast Nepal News

धौवादीबाट ३५ प्रतिशत शुद्ध फलाम

banner single news

काठमाडौं – माघ १३

काठमाडौं, नवलपुरको धौवादी फलाम खानीबाट उत्पादन हुने भएको छ । त्यहाँ भएको कच्चा पदार्थबाट ३५ प्रतिशतसम्म शुद्ध फलाम प्राप्त गर्न सकिनेछ ।
फलामको उत्पादनबारे चीनमा भएको परीक्षणले त्यस खानीबाट उत्पादन भएको फलामबाट स्टिल उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूभर्ग विभागले जनाएको छ ।

खानी तथा भूभर्ग विभागका महानिर्देशक रामप्रसाद घिमिरेले धौवादी फलाम खानीबाट उत्पादन हुने फलामबाट स्टिल उत्पादन गर्न सकिने प्रमाणित भएको जानकारी दिए । उनले भने, “चीनको छेन्दुस्थित सिचुवान इन्स्टिच्युट अफ जिओलोजी एन्ड मेटलर्जिकल एक्सप्लोरेसनमा भएको ‘मेटलर्जिकल’ परीक्षणले नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने र ती फलामबाट स्टिलसमेत उत्पादन गर्न सकिने प्रमाणित भएको छ ।’’

“परीक्षण प्रतिवेदनअनुसार धौवादीमा पाइएको फलामको कच्चा पदार्थमा फलामको आधारभूत मात्रा ३५ प्रतिशत रहेको प्रमाणित भएको छ । त्यस मात्रामा रहेको फलामको कच्चा पदार्थलाई फलाम बनाउन त्यसलाई कम्तीमा ५६ प्रतिशतमा ‘अपग्रेड’ गर्नुपर्छ”, महानिर्देशक घिमिरेले भने, “त्यसपछि त्यो पदार्थलाई उच्च तापक्रममा ‘सिन्ट्रिङ’ गरेर फलामको मात्रा ७० प्रतिशत पु¥याइन्छ । त्यसपछि त्यसलाई ‘पिग आइरन’ बनाइन्छस जसमा फलामको मात्रा ९५ प्रतिशत हुन्छ । यसलाई स्टिलको रूपमा रूपान्तरण गर्न सकिन्छ भन्ने परीक्षणले प्रमाणित गरेको छ ।’’

Inside Article Ads

विभागले फलामको औद्योगिक उत्पादनबारे परीक्षण गर्न गत वर्ष नै दुई हजार तीन सय किलो कच्चा पदार्थ चीनको सो सेन्टरमा पठाएको थियो । चीनको उक्त कम्पनीले कच्चा पदार्थको परीक्षण प्रतिवेदनका साथै सो कच्चा पदार्थबाट फलाम उत्पादन गरेर नेपाललाई बुझाउनुपर्ने सहमति खानी तथा भूभर्ग विभाग र चीनको उक्त कम्पनीबीच भए पनि चीनले परीक्षण प्रतिवेदन बुझाए पनि फलाम बुझाउन सकेको छैन । चीनको उक्त कम्पनीले सम्झौताअनुसारको फलाम नेपाललाई बुझाउने प्रक्रिया अन्तिम चरणमा पुगेको महानिर्देशक घिमिरेले बताए ।

पूर्व–पश्चिम राजमार्गको कावासोतीदेखि करिब बीस किलोमिटर उत्तरको दूरीमा रहेको गण्डकी प्रदेश नवलपुर जिल्ला होप्सेकोट गाउँपालिकाअन्तर्गतको पश्चिममा नाम्जाकोटदेखि पूर्वमा धवाडी क्षेत्रसम्म करिब १६० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको १० किलोमिटर लम्बाइ, २५ देखि ३० मिटर मोटाइ भएको फलामखानीको भण्डार अन्वेषणमा भेटिएको हो । गोरखापत्र दैनिकबाट

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.