Fast Nepal News

उपकुलपति सिंहले मानमर्दन गरेको भन्दै सबै पदाधिकारीहरुले दिए सामुहिक राजिनामा

banner single news

सुर्खेत-मध्यपश्चिमान्चल विश्वविद्यालयका क्याम्पस प्रमुख र निर्देशकहरुले सामुहिक राजिनामा दिएका छन् । बैठक चलिरहेको अवस्थामा उपकुलपति नन्दबहादुर सिंहले अपशब्द बोलेकाले क्याम्पस प्रमुख र निर्देशकहरुले सामुहिक राजिनामा दिएको बुझिएको छ । उपकुलपति सिंहको पेलाहा, सनकी र अभद्र बोली व्यवहारका कारण यो अवस्था आएको हुन सक्ने उपकुलपतिका पूर्व सल्लाहकार हरि चन्दले बताए । उपकुलपतिकै हर्कतका कारण यस अघि पनि विश्वविद्यालयका इञ्जिनियरिङ्ग संकाय डीन ई अनन्तराज घिमिरेको राजिनामा, विश्वविद्यालयको अधिकार सम्पन्न “म प वि वि समस्या समाधान समिति” का सबै पदाधिकारीहरुको सामुहिक राजिनामा, उपकुलपतिका सल्लाहकार हरि चन्दको राजिनामा दिएका थिए । र हाल विश्वविद्यालयका सबै केन्द्रिय क्याम्पसका क्याम्पस प्रमुख र २ जना निर्देशकहरुले दुई दिन अघि सामुहिक राजिनामा दिएका छन् ।

Inside Article Ads
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.