Fast Nepal News

कालीगण्डकी करिडोरः बागलुङ खण्डको निर्माण अन्तिम चरणमा

banner single news

बागलुङ – माघ १०

बागलुङ, छिमेकी मुलुक चीन र भारत जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको सडक आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ ।

यो करिडोरको बागलुङ खण्डमा ३४ किलोमिटर सडक पर्छ । २०७० सालदेखि नेपाली सेनाले बागलुङ–गुल्मी खण्डमा सडक निर्माण तथा विस्तारको काम गर्दै आएको छ । करिडोरको गुल्मी खण्डमा ४१ किलोमिटर सडक पर्छ । बागलुङ खण्डको डाँडाकाल भीर, दुसाभीर, कालुङखोला भीरमा पहरो कटानको काम भइरहेको नेपाली सेना कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलका प्राविधिक सहसेनानी शालिकराम नेपालले जानकारी दिए।

नेपाली सेनाले गत वर्ष पुस १ गते बागलुङ खण्डको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक कालीगण्डकी करिडोर सडक आयोजनालाई हस्तान्तरण गरेको थियो । बाँकी २४ किलोमिटर सडक विस्तार अन्तिम चरणमा पुगेको प्राविधिक सहसेनानी नेपालको भनाइ छ । दुई खण्डमा काम गर्न सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा १८ करोड २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

Inside Article Ads

“हस्तान्तरण गर्न बाँकी खण्डको करिब पाँच किलोमिटर सडक १० मिटर चौडा बनाउने काम अन्तिम चरणमा छ”, उनले भने, “पाँच महिनाभित्र हस्तान्तरण गर्दै छौँ ।’’ गुल्मीतर्फको खण्डमा २७ किलोमिटर हस्तान्तरण भइसकेको छ । बाँकी १३ किलोमिटर अन्तिम चरणमा पुगेको सहसेनानी नेपालको भनाइ छ ।

हस्तान्तरण भएको सडकखण्ड कालोपत्रेका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरण प्रभाव मूल्याङ्कनको काम सुरु गरेको कालीगण्डकी करिडोर गैँडाकोट राम्दी–मालढुङ्गा सडक आयोजनाका प्रमुख नवराज बास्तोलाले जानकारी दिए ।

उत्तर–दक्षिण जोड्न छोटो मार्ग पाएपछि छिमेकी भारत र चीनका पर्यटकले यही मार्ग प्रयोग गर्ने अपेक्षा गरिएको छ । गोरखापत्र दैनिकबाट

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.