Fast Nepal News

पिएचडी चेम्वरको आयोजनामा फाइभ पि नेपाल भर्चुअल अन्तर्राष्ट्रिय एक्स्पो शुरु

banner single news

काठमाडौं, ०७ माघ -नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा भारतको पिएचडी चेम्वर अफ कमर्सले बुधबारबाट फाइभ पि नेपाल भर्चुअल अन्तर्राष्ट्रिय एक्स्पो आयोजनामा ल्याएको छ । जनवरी २० देखि २३ सम्म जारी रहने उक्त एक्स्पोको भर्चुअल समुद्घाटनसंगै नेपाल भारत व्यवसाय प्रवद्र्धनका चुनौति तथा संभावना बिषयमा वेबिनार समेत आयोजना गरिएको छ । सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिडको बेलामा नेपाल भारत वीच व्यवसाय प्रवद्र्धनका बिषयमा कार्यक्रम आयोजना गरेकोमा पिएचडी चेम्वरलाइ धन्यबाद दिदै दुइ मुलुक बीच विद्यमान व्यापार तथा लगानीका विविध चुनौति एवम् संभावना बारे प्रकाश पारे । भारतले अन्य मुलुकहरुमा गरेको लगानीको तुलनामा नेपालमा नगन्य लगानी भएकोले भारत तथा नेपालका निजी क्षेत्रले नेपालमा भारतीय लगानी बढाउन संयुक्त पहल गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष श्रेष्ठले नेपालमा कृषि,जडिवुटीजन्य, खनिज पदार्थ तथा हाइड्रोपावर क्षेत्रमा लगानीको संभाव्यता रहेको बारे पनि चर्चा गरे ।

त्यसैगरि, नेपाल स्थित भारतीय दुतावासका प्रथम सचिव अभिषेक उपाध्यायले फाइभ पि-प्लाष्टिक,पेपर, प्याकेजिङ र प्रोसेसिङको बजार संभाव्यता लगायतमा प्रकाश पारे ।

पिएचडी चेम्वर अफ कमर्सका महासचिव सौरभ सन्यालले नेपाल, भारतको ठूलो व्यापारिक साझेदार भएको मुलुक भएकाले दुइ मुलुक बीचको व्यापारिक सम्वन्धलाइ आफुहरुले महत्वका साथ हेर्दै आएको बताए । साथै उनले पिएचडी चेम्बरबाट आयोजना भएको नेपाल फाइप पी भर्चुअल एक्सपोले दुइ मुलुक बीचको सम्वन्ध थप प्रगाढ हुने बिश्वास व्यक्त गरे ।

Inside Article Ads

अन्तर्कृया माझ भारत सरकार, वाणिज्य विभागका सहसचिव आलोक मालवीय, नेपाल प्रिन्टर्स एसोसिएसनका अध्यक्ष पुष्कल गौतम मेडिया स्पेसका कार्यकारी निर्देशक श्रृजल भट्टराई, फ्युचरेक्सका कार्यकारी निर्देशक प्रेम अन्वेषी तथा पिएचडी चेम्वर अफ कमर्स अन्तर्राष्ट्रिय समितिका प्रमूख नवीन सर्दानाले आ-आफ्नो धारणा राखेका थिए ।

पिएचडी चेम्वर अफ कमर्सको तत्वावधानमा फ्युचरेक्स टे«ड फेयर एण्ड इभेण्ट्स प्रालिले आयोजना गरेको यस एक्सपोमा नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिब, प्याकेजिङ र प्रोसेसिङसँग सरोकारितलाई यस एक्सपो मार्फत सम्पर्क तथा समन्वय गरी व्यापार साझेदारी नविनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने उद्धेश्य रहेको जनाईएको छ । पिएचडी चेम्वर अफ कमर्सले गत वर्ष पनि नेपालमा विशेष अन्तराष्ट्रिय प्रदर्शनी आयोजना गरिसकेको छ । गत वर्ष अर्थात २०७६ सालमा ४ देखि ६ पौषसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो आयोजनामा आएको थियो ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.