Fast Nepal News

कृषिमा वैदेशिक लगानीः छलफल नै नगरी निर्णय गरेकोमा आपत्ति

banner single news

काठमाडौं – माघ ७

काठमाडौं, कृषक तथा कृषि उद्यमीले कृषिमा वैदेशिक लगानी खुुला गर्ने विषयमा सरकारले सरोकारवालासँग आवश्यक छलफल नगरी निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् ।

एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नालिस्ट (अनाज) र राष्ट्रिय कृषक समूह महासङ्घले मङ्गलबार आयोजना गरेको कृषिमा वैदेशिक लगानी रु विषयक बहस कार्यक्रममा बोल्ने अधिकांश वक्ताले सरकारले विदेशी लगानीको विषयमा विज्ञ तथा सरोकारवालासँग छलफल नै नगरीकन लगानी खुला गरेकोप्रति आपत्ति जनाए ।

राष्ट्रिय किसान आयोगका सदस्य एवं प्रवक्ता रवीन्द्र केसीले वैदेशिक लगानी आउनु हुँदैन भन्ने पक्षमा आफूहरू नरहेको तर सरकारले खुला बहस नगरी चोर बाटोबाट निर्णय गरेको भन्दै आपत्ति जनाए । उनले स्वदेशी उद्योग तथा किसानलाई असर नपर्ने गरी वैदेशिक लगानी खुला गर्नुपर्नेमा जोड दिए ।

Inside Article Ads

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव श्रीराम घिमिरेले पनि सरोकारवालासँग व्यापक छलफल र गृहकार्यपछि मात्रै ऐन ल्याउनुपर्नेमा उद्योग मन्त्रालयले हतार गरेको दाबी गरे । यद्यपि ऐन आउँदैमा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको धारणा उनले भने।

कृषि मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव घिमिरेले विदेशी लगानी खुला गर्दा निर्यात बढ्ने र आयात कम हुने भएकाले त्यो नीति आफैमा गलत नभएको तर आवश्यक छलफल नगरी निर्णय भएको बताए ।

गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानले कृषिमा वैदेशिक लगानीदेखि डराउनु नहुने धारणा राख्दै कतिपयले कृषिमा वैदेशिक लगानीको विरोध गरेकोमा आफू आश्चर्यमा परेको बताए । उनले कृषिमा वैदेशिक लगानी आउँदा एक–दुुई जनालाई मात्र फाइदा नभई समग्र कृषि क्षेत्रलाई नै फाइदा हुने दाबी गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.