Fast Nepal News

महाकाली नदीमा चार लेनको पुल

banner single news

काठमाडौं – माघ ७

काठमाडौं, सीमा नदी मानिएको महाकाली नदीपारि कञ्चनपुरको दोधारा–चाँदनी पर्छ । महाकालीमा पुल नहुँदा २०६० सालअघिसम्म दोधारा–चाँदनीका हजारौं बासिन्दालाई आफ्नै जिल्ला सदरमुकाम ओहोरदोहोर गर्न भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो । आफ्नै देशसँग यहाँका बासिन्दा जोडिन पाएका थिएनन् ।

२०६१ सालमा महाकाली नदीमा झोलुंगे पुल बनेपछि मोटरसाइकल, साइकल र पैदल हिँडेर सदरमुकाम ओहोरदोहोर गर्न सहज बन्यो । तर अझै पनि मोटरेबल सडकले दोधारा–चाँदनी देशसँग जोडिन सकेको छैन । अहिले पनि जिप, कार, बस, ट्रकलगायत सवारीसाधन भारतकै बाटो भएर ओहोरदोहोर गर्नुपर्ने अवस्था छ । तर अहिले गौरवको आयोजनाको रुपमा महाकाली नदीमा चार लेनको पुल निर्माण भइरहेको छ । पुल निर्माण करिब आधाभन्दा बढी सकिएको छ ।

Inside Article Ads

यो पुलले दोधारा चाँदनीका हजारौं बासिन्दालाई आफ्नै भूमिको मोटरेवल सडकबाट सदमुकाम र देशसँग जोड्ने मात्र छैन, सुदूरपश्चिम प्रदेशकै भारतसँगको महत्पूर्ण नाका जाडिने छ । महत्वपूर्ण नाका जोडिएर औद्योगिक, व्यावसायिक र पर्यटकीय विकासमा कोसेढुंगा सावित हुने स्थानीयको विश्वास छ ।

‘देशभरिमै सायद यति ठुलो चार लेनको पुल महाकालीमा बनिरहेको छ । यो पुल निर्माणपछि हामी दोधारा–चाँदनीका लागी नयाँ युग सुरु हुनेछ,’ दोधारा–चाँदनी नगरपालिकाका प्रमुख वीरबहादुर सुनारले भने, ‘टापु जस्तोबाट जोडिएर आफ्नो देशसँग सम्बन्ध गाँसिनेछ ।’ विकासमा पछाडि रहेको सुदूरपश्चिम प्रदेशमा ठुलो आयोजनामध्ये एक महाकाली पुल हो । नागरिक दैनिकबाट

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.