Fast Nepal News

६ महीनामा बाहिरिए ७२ हजार नेपाली

banner single news

काठमाडौं – माघ ५

काठमाडौं, स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांकले देखाएको छ ।

विदेशबाट नेपाल फर्किएका र नेपालमै रहेका युवाहरू वैदेशिक रोजगारी गएका हुन् । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्ष ९आव०को ५ महीनासम्मको तथ्यांक र वैदेशिक रोजगार विभाग पुस महीनाको तथ्यांक जोेड्दा चालू आवको ६ महीनामा ७२ हजार ३६६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा ३० हजार ८३७ जना कामदार नयाँ श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । यस्तै, ४१ हजार ५२९ जना पुनः श्रमस्वीकृति अर्थात् बिदामा आएर श्रमगन्तव्य मुलुकमा गएको देखिन्छ ।

वैदेशिक रोजगार विभागका प्रवक्ता टीकाराम नेउपानेले रोजगारका सम्बन्धमा सरकारबाट विशेष स्कीम नआउँदा कोरोना विपद्मा पनि नेपालीहरू विदेशिन बाध्य भएको बताए । ‘कोरोना विपद् शुरू हुँदा विदेशमा नेपालीहरूले रोजगार गुमाउन थालेपछि सरकारले नेपालमै रोजगारी दिने आश्वासन देखायो । तर, त्यसमा उपलब्धि केही भएन,’ उनले भने, ‘त्यसमाथि अहिले राजनीतिक अस्थिरता आएको छ । त्यसको असरले पनि यस परिस्थतिमा नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।’

मुलुकमा राजनीतिक अस्थिरता देखिएका कारण सरकारबाट रोजगारी सृजनाका ठोस कार्यक्रम आउन सक्ने अवस्था छैन । त्यो अवस्थामा अधिकांश युवाहरू तत्काल बाहिरिन सक्ने उनको भनाइ छ ।

Inside Article Ads

तथ्यांकअनुसार पछिल्ला महीनाहरूमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दो क्रममा रहेको छ । चालू आवको पहिलो महीना अर्थात् साउनमा मात्र ३ हजारको हाराहारीमा नेपाली कामदार विदेशिएका थिए । चालू आवको छैटौं महीना पुसमा मात्र १४ हजार ७५३ जना नेपाली कामदार विदेशिएका छन् ।

कोरोनाको जोखिमका बीच पनि वैदेशिक रोजगारी खुल्न थालेपछि विदेशिने कामदारको संख्या बढ्न थालेको विभागको भनाइ छ ।

प्रवक्ता नेउपाने वैदेशिक रोजगारीमा सहज वातावरण आउन थालेपछि विदेशिने कामदारको संख्या बढ्न थालेको बताए । साथै, बन्दाबन्दी अघि आएका माग भएका कामदारको माग फेरि कार्यान्वयन हुँदा पनि विदेशिने कामदारको संख्या बढेको उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.