Fast Nepal News

वैदेशिक रोजगारीमा ठगीका घटना बढ्यो

banner single news

काठमाडौं – पुस २९

काठमाडौं, वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को संक्रमणपछि ठगीका घटना बढ्न थालेका छन् । गतवर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ ओटासम्म ठगीका घटना दर्ता हुने गरेकोमा हाल ४० ओटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अधिकारी टीकामणि न्यौपानेले जानकारी दिए ।

यूरोप, अमेरिकाजस्ता महादेशका विकसित मुलुकमा पठाउने भन्दै काठमाडौं उपत्यकाका युवासमेत विभागमा उजुरी दिन आउने गरेको उनले बताए । वैदेशिक रोजगार विभागमै दर्ता भएको एक म्यानपावर कम्पनीले एक युवालाई अमेरिका पठाउने भन्दै रू। १५ लाख ७५ हजार ठगी गरेको उजुरी सोमवार मात्रै विभागमा परेको छ,’ उनले भने, ‘विशेषगरी विकसित मुलुकमा भन्दै २० वर्षमुनिका युवायुवती ठगिएको पाइएको छ ।’

Inside Article Ads

त्यस्ता प्रकृतिका युवा अरूको लहलहैमा लागेर ठगिने गरेको उनले बताए । उनका अनुसार खाडी मुलुकमा पठाउने नाममा ठगीका बढी घटना दर्ता हुने गरेका छन् । विभागमा स्वदेशभित्र भएका उजुरी मात्र नभई वैदेशिक रोजगारीमा गइसकेका श्रमिकले समेत सम्बन्धित दूतावासमार्फत उजुरी गर्न पाउने प्रावधान छ । भने अनुसारको सेवासुविधा र काम नपाएमा विदेशमा रहेका श्रमिकले उजुरी गर्न पाउने प्रावधान रहेको उनले बताए ।

कोभिड–१९ को संक्रमणपछि लकडाउनका कारण केही समय उजुरी दर्ता र फर्छ्योटको काम बन्द भए पनि सो समयपछि भने ठगीका उजुरीहरू बढेको विभागले बताएको छ । उजुरीका आधारमा दण्डजरिवाना गराउन सक्ने र मुद्दा चलाउन सक्ने सम्पूर्ण अधिकार विभागको छ । विभागको कार्यविधिअनुरूप मेनपावर कम्पनीले रू। २ करोड धरौटी अनिवार्य राख्नुपर्छ । उजुरीका आधारमा मेनपावर कम्पनीमार्फत तथ्यांकक लिइसकेपछि सो धरौटी रकममार्फत विभागले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ । आर्थिक अभियान दैनिकबाट

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.