Fast Nepal News

शंकाको घेरमा टोखा हत्याकाण्ड : १० घण्टापछि मात्र किन गरियो प्रहरीलाई खबर ? केसी परिवारलाई पनि जानकारी दिइएन

banner single news

काठमाडौं – पुस २६

बुधबार उमेश केसी र पत्नी सुदीक्षा गिरीसँग शर्मिला गिरीको सम्पर्क भएको थियो । बिहीबार भने सुदीक्षासँग पटकपटक फोन सम्पर्क गर्दा पनि नलागेको बयान शर्मिलाले प्रहरीलाई दिएकी छन् । ‘त्यसपछि कोठामै गएर कुरा गर्नुपर्यो भन्ठानेँ, भोलिपल्ट बिहान करिब ११ बजेतिर कोठामा पुग्दा भित्रबाट ढोका लगाइएको रहेछ, भान्सा कोठातर्फबाट ढोका ठेल्दा चुकुल खुस्कियो, त्यसपछि भित्र पसेँ अनि बहिनी झुन्डिएको अवस्था र ज्वाइँको शव गन्हाएको अवस्थामा भुइँमा ढलेको देखेपछि आत्तिएर बाहिर निस्किएँ ।’

त्यसपछि आफू आत्तिँदै टोखास्थित घर पुगेर आमालाई सबै कुरा बताएको उनको जिकिर छ । उमेश दम्पतीको हत्याबारे केसी परिवारलाई किन खबर गरिएन भन्नेमा प्रहरीले सूक्ष्मरुपमा अनुसन्धान भइरहेको जनाएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार शर्मिलाले शव देखेको करिब १० घण्टापछि मात्रै प्रहरीलाई खबर गरेको, मृतकका परिवारलाई जानकारी नगराएको, सुदीक्षा गिरीले आत्महत्या गरेको वा हत्या भएको विषयमा सूक्ष्म रुपमा अनुसन्धान भइरहेको बताए ।

Inside Article Ads

बहिनी र ज्वाइँबीच पहिलेदेखि नै पारिवारिक विवाद हुने गरेको शर्मिलाले बताएकी छन् । उमेशका दाजु हिमेशले भाइबुहारीको हत्यामा तेस्रो पक्षको पनि संलग्नता हुन सक्ने आशंका गरे । ‘सुदीक्षाले भाइको हत्या गरेर आत्महत्या गरिन् भन्ने पत्यार लाग्दैन, कतै आर्थिक कारणले त घटना घटाइएन भन्ने हाम्रो आशंका छ,’ उनले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.