Fast Nepal News

सितगंगाका पहिरो पिडितलाई लायन्स क्लब अफ कोटेश्वर ग्लोबल भिजनद्वारा जस्तापाता हस्तान्तरण

banner single news

पुष २५, अर्घाखाँची -अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वार्ड न १२ स्थित कोठिया मैदान र११ स्थित ढुङगेशेरामा गएको पहिरोबाट बिस्थापितलाई लायन्स क्लब अफ कोटेश्वर ग्लोबल भिजन ले जस्तापाता हस्तान्तरण गरेको छ । लायन्स क्ल्ब इन्टरनेसनल ३२५ ए २ अन्तर्गत लायन्स क्ल्ब अफ कोटेश्वर ग्लोबल भिजनले शनिबार पिडितहरुका लागि राहत स्वरुप चार लाख पचास हजार बराबरको
४५ बन्डल जस्तापाता हस्ताण्तरण गरेको हो ।
लायन्स क्लब्स इन्टरनेसनल ३२५ ए टु अन्तर्गत कोटेश्वर ग्लोबल भिजनले आयोजना गरेको उक्त कार्यक्रमलाई डिस्ट्रइक गभर्नर डा. शुशिला मल्ल लगायतका क्याबिनेट सदस्यहरु र पूर्ब पदाधिकारीहरुको समेत विशेष सहयोग रहेको थियो।

राहत हस्तान्तरण कार्यक्रम माझबाट संयोजक नारायण प्रसाद बेल्बासे,डिस्टिक चिफ तथा क्लबका चार्टर्ड प्रेसिडेन्ट बिष्णु के सी , नेपाली कांग्रेसको केन्द्रिय आमन्त्रित सदस्य तथा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डे, सह संयोजक रिना थापाले संयुक्त रुपमा सितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारीलाई जस्तापाता हस्तान्तरण गरेका थिए ।

सो अवसरमा कांग्रेस नेता पाण्डेले एकीकृत बस्ती बनाउन आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे । क्लबका चार्टर्ड प्रेसिडेन्ट बिष्णु के सीले लायन्स क्लबको परिचय दिदै पिडितको घाउमा सधैं मलम लगाउने जानकारी दिए।

हस्तान्तरण सभामा संयोजक बेल्बासेले वडा, नगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा नमुना बस्तीको लागि क्लबले सहयोग गर्ने बताए ।

पिडितहरुको लागि सहयोग गरेकोमा नगरप्रमुख सुर्य प्रसाद अधिकारीले क्लबको प्रशंसा गर्दै पहिरो पिडितहरुको स्थायी बसोबासका लागि नगरपालिकाले जग्गा छनोटको काम गरिरहेको बताए ।

Inside Article Ads

बस्तिनै स्थान्तरण गर्नुपर्ने भएकोले पहिरो पिडितहरुका लागि देश तथा बिदेशमा रहेका विभिन्न संघ संस्थाहरु मार्फत सहयोग रकम वितरण हुँदै आएको तथा थप सहयोग जुट्न थालेको पनि कार्यक्रम माझबाट उनले जानकारी दिदै नगरपालिकाले समेत राहत कोष स्थापना गरि राहत संकलन गरिरहेको जानकारी उनले दिए । पहिरोले पूर्ण रूपमा क्षति भएका सय घर मध्ये पहिलो चरणमा १५ अति बिपन्न परिवारको आबासको लागी जस्ता पाता बितरण गरिएको क्लबका अध्यक्ष शिवलोचन पराजुलीले बताए ।

पहिरो पिडितका लागि हस्ताण्तरित सो जस्तापाता खरिदका लागि गुल्मीमा जन्मभुमि भई हाल युकेलाई कर्मथलो बनाउदै आएका समाजसेवी शंकर भण्डारीको बिशेश पहलमा साझा नेपाली समाज युके र लायन्स क्लब का सदस्यहरूले आर्थिक सहयोगमा जुटाएका थिए।

जस्तापाता हस्तान्तरण कार्यक्रममा वडा न १२ का वडा अध्यक्ष बाबुराम गैरे, समाजसेवी सोम थापा र सुदामा महत लगायतको विशेष उपस्थिति रहेको थियो ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.