Fast Nepal News

कोरियाली राजदूत सुक र चेम्बर पदाधिकारी बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफल

banner single news

काठमाडौं, २३ पौष – नेपालका लागी दक्षिण कोरियाका नवनियुक्त्त राजदूत पार्क चोङ सुक र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ तथा पदाधिकारी बीच
द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफल भएको छ ।
उनीहरु बीच कान्तिपथ स्थित चेम्बर भवन छलफल भएको हो । छलफलका क्रममा राजदूत सुकले आफ्नो कार्यकालमा नेपाल तथा कोरिया बीच द्धिपक्षीय आर्थिक सम्वन्धलाइ प्रवद्र्धन गर्न कोरिया व्यापार तथा लगानी प्रवद्र्धन एजेन्सी (कोट्रा ) सँग चेम्बरको सहकार्यका लागि पहल गर्ने र दुई मुलुक वीच सूचना आदान प्रदान गर्ने सम्वन्धी सहकार्यको लागि आफुले प्रयास थालनी गरेको बताए । राजदुत सुकले कोरियाबाट प्रशिक्षित कामदारहरु नेपाल फर्किने भएकोले उनीहरुले सिकेको ज्ञान तथा सीप नेपालको लागि उपयोगी हुने उल्लेख गर्दै कोरियामा रोजगारीको लागि सरल र सहज व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्शक अध्यक्ष राजेश काजी श्रेष्ठले राजदूत सुकको कार्यकालको सफलताको कामना गर्दै चेम्बरले आफ्नो सात दशकको लामो, गतिशील र सार्थक कार्य गरी व्यापार तथा लगानी विकासका लागि पैरवी गरिरहेको बताए । सन् २०१५ देखि चेम्बर एक्स्पो नियमित रुपमा भैरहेको, दक्षिण कोरियासँग कुटनीतिक संम्बन्ध स्थापना पछि व्यापार, लगानी, पर्यटन प्रवद्र्धनमा उल्लेखनिय विकास भएको तर नेपालबाट दक्षिण कोरियासँग व्यापार घाटा प्रत्येक बर्ष बढ्दै गएको पनि उनले उल्लेख गरे । अध्यक्ष श्रेष्ठले दुवै देश बीचमा आर्थिक संम्बन्ध अभिवृद्धि गर्नको लागी नेपाल चेम्बर र कोरिया चेम्बर बीच समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी गराउदै लगानी तथा पर्यटन प्रवद्र्धन, दक्षिण कोरियाको प्रविधी नेपालमा भित्रयाउने कार्य, व्यापारिक प्रतिनिधी मण्डलको आदान प्रदान, शीप विकास र प्रशिक्षण, कृषि क्षेत्रको विकास आदी बारे प्रकाश पारे । कोभिड १९ पछिको आपसी सहयोग आदी क्षेत्रहरुमा दक्षिण कोरियाबाट सहयोग, प्राविधिक सहायता आउने अपेक्षा एंव विश्वास अध्यक्ष श्रेष्ठले राखे । कार्यक्रममा नेपाल चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल उपाध्यक्षद्धय कमलेश कुमार अग्रवाल, दिपक कुमार मलहोत्रा एवं कार्य समितीका सदस्यको पनि सहभागिता रहेको थियो ।

Inside Article Ads
Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.