Fast Nepal News

ट्राफिक कारवाही दुख दिन होईन सभ्य समाज निर्माणका लागि हो:महानगरीय ट्राफिक प्रमुख भट्टराई

banner single news

काठमाडौं २१ पुस
काठमाडौंको तारकेश्वर नगरपालिका-११ नेपालटारमा सोमवार देखि ट्राफिक प्रहरी पोष्टको स्थापना गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र तारकेश्वर नगरपालिका मेयर रामेश्वर बोहराले संयुक्त रुपमा सोमबार नेपालटारमा ट्राफिक प्रहरी पोष्टको उद्घाटन गरेका हुन् ।कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नगर उपप्रमुख भवानी डोटेल धिताल, महानगरीय ट्राफिक प्रहरि महाशाखा प्रमुख जनकराज भट्टराई, अतिथिहरुमा तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल, महानगरीय प्रहरि वृत्त बालाजुका डिएसपी रञ्जित सिंह राठौर लगायत सामुदायिक सेवा केन्द्र तारकेश्वरका पदाधिकारी र तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

विशिष्ट अतिथि महानगरीय ट्राफिक प्रहरि महाशाखा प्रमुख जनकराज भट्टराईले ट्राफिक दरबन्दी अहिले ४ जना भएपनि आवश्यकताअनुसार थप गर्दै जाने बताए।

ट्राफिक कारवाही जनतालाई दुःख दिन नभएर सभ्य समाज निर्माणका लागि भएकाले सबैले यसलाई बुझ्न नगरपालिकाले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् । प्रविधिको विकासमा नगरपालिकाले आवश्यक सहयोग गर्नुपर्ने बताए ।

Inside Article Ads

आफ्नो कार्यकालमा काठमााडौंका नगरपालिकाहरुसँग सहकार्य गरेर ट्राफिक कारवाहीमा पर्नेहरुलाई कालोसूचिमा राखेर स्थानीय सरकारलाई दिन ट्राफिक प्रहरि कार्यालयले योजना बनाइरहेको बताए ।

स्थानीय सरकारले कालोसूचिमा परेकाहरुले नगरबाट पाउने सेवा सुविधाहरुमा कटौती गरेर सभ्य समाज निर्माण गर्न मद्दत गर्नेपर्ने बताएका थिए ।तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले ले ट्राफिक प्रहरी नहुँदा सवारीसाधन व्यवस्थापनमा निकै समस्या हुने गरेको बताए।

उनले ट्राफिक प्रहरीको उपस्थितीपछि हेलमेट नलगाउने, तोकेको संख्या भन्दा बढी सवारी बोक्ने, मापसे गरेर सवारीसाधन चलाउने लगायतका समस्याको अन्त्य हुने विश्वास व्यक्त गरे।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.