Fast Nepal News

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट सम्मानित

banner single news

‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजु सम्मानित भएका छन्। काठमाडौं विश्व विद्यालय स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन उनी धुलिखेल अस्पतालमा कार्यरत छन् ।

रोटरी क्लब अफ पनौती नवौं पदस्थापना समारोहका अवसरमा प्राडा कोजू सम्मानित भएका हुन् ।

रोटरी क्लब अफ पनौतीका संस्थापक अध्यक्ष एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राडा सुमनराज ताम्राकारले दिवंगत माता गुणलक्ष्मी ताम्राकारको स्मरणमा रोटरी क्लब अफ पनौतीबाट वर्षेनी स्वास्थ्य विशेषज्ञलाई प्रदान गर्ने गरी सो सम्मान स्थापना गरेका हुन् ।

Inside Article Ads

पहिलो पटक वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजुलाई सो सम्मान प्रदान गरिएको हो । पनौतीको डायमण्ड हिल रिसोर्टमा आयोजित भव्य समारोहमा प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानका पूर्व गभर्नर सिए जितेन्द्रबहादुर राजभण्डारीले उहाँलाई सो नगदसहित सम्मान प्रदान गरेका हुन् ।

यसैगरी प्राडा ताम्राकारले पिताको स्मरणमा स्थापना गरेका छन् ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ काभ्रेपलाञ्चोक जिल्लाबाट २८ वर्षदेखि निरन्तर प्रकाशित काभ्रे टाईम्सलाई साप्ताहिकलाई प्रदान गरिएको छ । साप्ताहिकका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपानेलाई अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानका पूर्व गभर्नर सिए जितेन्द्रबहादुर राजभण्डारीले उनलाई सो नगदसहित सम्मान प्रदान गरेका हुन् ।

Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.