Fast Nepal News

आर्थिक प्रलोभनमा सेटिङ्ग गरी तस्करी गर्ने गराउने काम मसंग हुदैन प्रहरी उपरीक्षक दिलिप घिमिरे,रौतहट

banner single news

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन ।

सोही सेरोफेरोमा उनीसँग लिइएको अन्तरवार्ता प्रस्तुत छ ।
1) रौतहट बसाई कस्तो रहेको छ ?
रौतहट आएको सय दिन मात्र पुगेको छ । यश अबधिमा हामीले के के गरयौ भर्खरै सार्वजनिक गरेका छौ ।अपराध अनुसन्धान लगायतका जति पनि गतिविधि छ सार्वजनिक गरिएका छन । नेपालमा सब भन्दा मुस्लिम बसोबासको हिसाबले , शिक्षा स्वास्थ्य रोजगारको हिसाबले चुनौति छ । जिल्लाका कुनकुन कुरामा काम गर्नु परेको छ । त्यसमा काम गरे पछि रिज्लट पनि देखिएका छन ।स्वच्छ निश्पक्ष दवाव रहित सेवा मलाई लाग्छ नागरिक स्तर सम्म पुगेको लाग्छ । आएका चुनौतिलाई सहर्ष स्विकार्दै चुनौतिको सामना गरेर आगाडी बढेको छु ।

2) तहटको बारेमा जतिको बाहिर प्रचार भएको छ यथार्थमा सकारात्मक नाकारात्मक के पाउनु भयो ?

तराईको जिल्लामा मैले केही समय धनुषा र बारामा बसेर काम गर्ने अवसर पाएको छु । रौतहटको बारेमा जुन किसिमको बाहिर बुझाई छ । जिल्लामा आई सके पछि त्यतो लाग्दैन । त, केही चुनौति पकै पनि छन । रौतहटमा केही मिडियाकर्मि साथीहरूले समाचार सम्प्रेषण गर्ने अवस्थामा सत्य तथ्य नबुझी भएको भन्दा फरक किसिमले समाचार सम्प्रेषण गर्दा समस्या हुने गर्दछ । जस्तो उदाहरणको लागि कसैको श्रीमान श्रीमतिको झगडा भयो भने शान्ति सुरक्षा संग जोडेर समाचार सम्प्रेषण गरिन्छ ।

शान्ति सुरक्षा के हो भने विना कुनै कारण व्यक्तिको हत्या हुन्छ त्यसलाई शान्ति सुरक्षा संग जोडन सकिन्छ । रौतहटमा भएका राम्रा कुरा मिडियामा आउदैन । नेगेटिभ कुरा बढि प्रचार प्रसार हुने गरेका कारण बाहिरबाट थ्रेटभएको , सुरक्षा चुनौति भएको जिल्लाको रुपमा देखिन्छ । मैले यहाँ आएर करिब सय दिनकोअवधिमा के महसुस गरे कि बाहिर बाट बुझेको जस्तो रौतहट छैन । भित्रबाट एकदम समान्य छ ।अहिलेका केहि घटना क्रमलाई हेर्ने हो भने ठुल्ला किसिमका प्रहरीले सुरक्षा चुनौति हुने खालका घटना घटेको छैन ।ठुलो चुनौति तथा नाकारात्मक रुपले सोचनु पर्ने अवस्था अहिले सम्म आएको छैन ।

3) पुलिस हेड क्वाटरमा अतिरिक्त कमाई हुने ठाउको रुपमा रौतहटलाई लिने गरेको सुनिन्छ तपाईंलाई हेड क्वाटरले कुन रुपमा व्यवहार गरि रहेका छन  ?

आर्थिक  प्रलोभनमा परेर काम गर्ने नियत भएका मानिसलाई पैसा कमाउन तराईमा आउनु पर्दैन । जहा पनि पैसा कमाउन सक्छन ।तराईको जिल्लामा भारतसंग सिमाना जोडिएको भन्सार छलि चोरी हुने ठाउ भएको हुनाले यहाँ आउनेको नियत खराब हुन सक्छन । त्यस हिसाबले बुझन सकिन्छ । यसमा मेरो पहिलो प्राथमिकता के थियो भने आर्थिक प्रलोभनमा नपर्ने । म आएको सय दिन भएको छ । यश अवधिमा कुनै पनि रुपले आर्थिक प्रलोभनमा परेको छैन ।तस्करी ,मुद्दा मामिला वा गिट्टी वालुवा होस । कुनै पनि काम आर्थिक प्रलोभनमा परेर गरेको छैन । फल स्वरुप त्यसको रिजल्ट पनि दिन थालि सकेका छन ।
हाम्रो मुख्य दायित्व नै त्यस्ता गतिविधि न्युनिकरण गर्नु हो ।सतप्रतिसत रोक्न त गाह्रो होला । तर कार्यालय प्रमुखले चाहे भने त्यसलाई कति हद सम्म नियुनिकरण गर्न सक्छन । ती कुरालाई रोकनका लागि हामिले भन्सार चोरी तस्करीका समान समातेको परिणाम तथा भन्सारको राज्शव वृद्धिबाट सजिलै अनुमान लगाउन सकिन्छ ।

Inside Article Ads

4)  सय दिने रिपोर्टमा सफल अनुसन्धानका घटनालाई बढि हाईलाईट गर्न खोजिएको छ । सफल अनुसन्धान भनेर के बुझनेरु यसमा उल्लेख भए जति सफल बाकीको हकमा के बुझ्ने ?

जघन्य प्रकृतिका कर्तव्य ज्यानका धटनाहरुलाई बढी महत्त्व दिईएको छ । अरु घटना भोलिका दिनमा करेक्सन हुन सक्छन । तर ज्यान गई सके पछि करेकसन हुने वा क्षतिपूर्ति पाउने सम्भावना रहदैन । त्यस हिसावले कर्तव्य ज्यानको घटनालाई सिरियस रुपमा लिने गरिन्छ ।
यश आर्थिक वर्षमा भएका त्यस प्रकृतिका सवै घटना अभियुक्तलाई पक्राउ गर्न सफल भएका छोे ।धटनाको बारेमा सबै कुरा बाहिर आई सकेका छन । संलग्न व्यक्ति पक्राउ परि सकेका लाई सफल अनुसन्धान भन्छौ ।

5)  न्याय सम्पादनको हिसाबले निर्दोषलाई नफसाउ भन्छन तर हाम्रो यहाँ जाहेरी र पिडितको कथित वयानको आधारमा दर्जनौ निर्दोष व्यक्ति उपर मुद्दा दर्ता गरेर फसाएको छु जस्तो महसुस हुदैन ?

मैले महसुस गरेको र तपाईं ले बझेको कुरा एकदम सहि हो । यश प्रश्नका लागि धन्यवाद । तराईमा कुनै पनि घटना हुदा अधिकांश केशहरुमा रिस उठेका सबै व्यक्तिको नाम जाहेरीमा राख दिने चलन समान्य भएको छ । उदाहरणका लागि कुनै विवाहित महिलाले आत्म हत्या गरे भने त्यसमा उसको श्री मानको साथ साथै सासू ससुरा , देवर,देवरानी जेठाजु,जेठानी नन्द लगायत घर भरी सबैको नाममा मुद्वा हाल्ने प्रचलन छ ।
त्यसमा मेरो पहिलो प्रयास के हुन्छ । तपाईले बुझे जस्तै मेरो ध्ये के हन्छ कि सयौ अपराधी प्रमाण अभावमा छुटोस तर एउटा पनि निर्दोष मानिस न फसोस । जाहेरीको भरमा निर्दोष व्यक्तिलाई फसाउने काम नहोस । तर यहाँ चेतना कम भएका समुदायहरु पनि छन । यहाँ सासद भएको नगर प्रमुख भएको व्यक्ति को दवाव मुद्दा चलाउनैका लागि आउने गर्द छन । कन्भिन्स गर्दा पनि हुदैन त्यसपछि प्रहरीको दायित्व के हुन्छ कि जाहेरी परि सके पछि जे जसको नाममा आएको छ । जाहेरी दर्ता गर्ने र प्रहरीले प्रारम्भिक अनुसन्धानमा जे देखेको छ। को संलग्न छ छैन त्यसै अनुसार प्रकृया वढाउने गरिएको छ। आदालतले जसको नाममा पक्राउ पुर्जी जारी गर्दछ त्यसलाई हामीले पक्राउ गरेर मुद्दा अगाडि वढाउने गरिन्छ ।
कुनै पनि निर्दोष व्यक्ति विना कुनै कसुर एक घन्टा पनि प्रहरीको थुनामा न परोस भनि हिसाबले हामी काम गरि रहेका छौ ।

6) महिला तथा वाल वालिकाको क्षेत्रमा बढी काम भएको रिपोट छ तर जिल्ला प्रहरी रौतहटमा भिडभाड अचेत आएको बढी उजरी वहाहरु केै बढी छ । यसलाई यहाले कुन रुपमा लिनु भएको छ ? यहाँ दर्ता भएका अन्य मुद्वामा निराकरणमा त्यति प्रगति किन भएन ?

महिला बाल वालिका अत्यन्तै सम्वेदनशिल हुन्छन । महिला र बाल वालिकालाई राज्यले पनि विषेश ग्राहयता दिएका छन । राज्यको नीति अनुसारले नै नेपाल प्रहरीले पनि त्यसलाई विषेश प्राथमिकता दिएर हेरि रहेको हुन्छ । हाम्रो युनिटहरुमा महिला वालवालिका तथा जेष्ठ नागरिकको छुट्टै युनिट खडा भई सेवा दिई रहे छन । महिला वालवालिकाको कर्तव्य ज्यान वा वल्तकारका केश भयो भने अर्को शिर्षकबाट हेरिन्छ ।
महिला बाल वालिकाको वढि केश कस्तो हुन्छ कि घरेलु हिन्सा, योन दुर्व्यवहार , परिवारिक हिन्सा,शारीरिक मानसिक यातना दिने कार्य ।
यो कहाबाट भएको हुन्छ भने घरको श्रीमान ,सासू (ससुरा, यस्ता घटना कतिपय मुद्दामा जान्छ कतिपय मिलेर जानू पर्ने खालका घटनाहरुमा त्यही अनुसार गरिन्छ ।
तर अन्य मुद्वाको हकमा आफुले चाहे जस्तो प्रगति हुदैन ।
महिला तथा वालवालिकाको मुद्वा छलफलमा बढि टुङ्गिने हुदा प्रगति बढि देखिएको छ ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.