Fast Nepal News

सांसद फणीन्द्र देवकोटामाथि कारवाही कार्यान्वयन नगर्न अन्तरिम आदेश

banner single news

सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटामाथि माओवादी केन्द्र संसदीय दल गण्डकी प्रदेशले गरेको कारवाही कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटामाथिको कारवाहीको निर्णय कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको हो ।

देवकोटा आवद्ध नभएको राजनीतिक दल नेकपा माओवादी केन्द्रबाट निवेदकलाई दल त्याग गरेको भनी गण्डकी प्रदेश सभा सदस्यबाट निष्कासन गर्न पाउने अधिकार उल्लिखित संवैधानिक र कानूनी व्यवस्थाको रोहमा प्रत्याभूत गरेको नदेखिएको भन्दै उक्त निर्णय कार्यान्वन नगर्न अदेशमा भनिएको छ ।

Inside Article Ads

सर्वोच्चको यो आदेशपछि उनीमाथि माओवादी केन्द्रले गरेको कारवाही निष्क्रिय भएको छ । मुद्दाको अन्तिम फैसाला नहुँदा सम्मका लागि उनको संसद पद पनि जोगिएको छ ।

फ्लोर क्रस गरेर नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिएपछि आफ्नो निर्वाचन चिह्नबाट उठेको उम्मेदवार आफ्नो संसदीय दलको सदस्य भएको र दलले जारी गरेको ह्विप उल्लङ्घन गरेको भन्दै माओवादीले कारबाही गरेको थियो ।

 

 

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.