Fast Nepal News

यति एयर दुर्घटनाः दुर्घटना जाँच आयोगले सरकारलाई बुझायो प्रारम्भिक प्रतिवेदन

banner single news

४ फागुन, काठमाडौं- यती एयरलाइन्सको माघ १ गते पोखरामा भएको दुर्घटनाको छानबिनका क्रममा दुर्घटना हुनु केही समयअघि विमान उडानको नेतृत्व सहचालकबाट मुख्य चालकले लिएको पाइएको छ ।

दुर्घटना जाँच आयोगले सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनअनुसार विमानको बायाँतर्फको सिटमा क्याप्टेन अञ्जु खतिवडा बसेको र प्रशिक्षक पाइलट कमल केसी दायाँतर्फ बसेको पाइएको छ ।

हवाई विज्ञका अनुसार दायाँतर्फ सामान्यतया को–पाइलट बस्ने गर्छन् । खतराको सङ्केत प्राप्त भएपछि विमानको नियन्त्रण अञ्जुले कमललाई सुम्पेको’ प्रतिवेदनमा उल्लेख छ । त्यसक्रममा खतिवडाले इन्जिनमा पावर नरहेको कुरा बताएको समेत प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनअनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फको धावनमार्ग वानटूबाट भीएफआरबाट हुने उडान तथा अवतरणको अनुमति दिनुअघि विस्तृत अध्यय गरेर मात्रै अनुमति दिन आवश्यक रहेको देखिएको छ ।

प्रतिवेदनमा धावन मार्गको पश्चिमतर्फबाट भीएफआर उडान तथा अवतरण गराउनुअघि जहाजको उचाइ र जहाजले अवतरण गर्न सक्ने अवस्थाबारे विस्तृत अध्ययन गरेर मात्रै अनुमति दिन सरकारलाई सिफारिस गरेको हो ।

Inside Article Ads

जहाज दुर्घटना हुनुपूर्व चालक दलले सुरुमा विमानस्थलको पूर्वतर्फ (थ्री-जिरो)बाट अवतरणको अनुमति मागेको र विमानस्थलको हवाई ट्राफिक कन्ट्रोल (एटीसी)ले अवतरणको लागि धावनमार्ग क्लियर रहेको निर्देशन दिएको थियो तर पछि चालक दलले पहिलो निर्णयलाई बदल्दै धावनमार्गको पश्चिम (वानटू)बाट अवतरणको अनुमति मागेकाले पश्चिमतर्फबाट हुने उडानमा कडिकडाइ गर्न आवश्यक रहेको प्रतिवे दनमा उल्लेख छ ।

आयोगले जहाजका दुबै प्रोपेलर फेदरमा गएको, मानवीय कारण र भिजुअल एप्रोच प्रोसिजर्सको विषयमा समेत थप अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेको छ । जहाज दुर्घटनाको मुख्य कारण बेसलेगमा रहेका बेला दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको उल्लेख छ । यो किन भयो भन्ने बारे प्रतिवेदनमा उल्लेख छैन ।

आयोगले यसअघि सार्वजनिक गरेको प्रतिवेदनले जहाजको पखेटामा आएको समस्या नै दुर्घटनाको पहिलो कारण देखाएको थियो । दुर्घटना भएको विमानको ब्ल्याक बक्समा रहेको उडान तथ्याङ्क (फ्लाइट डाटा) विश्लेषणको प्रारम्भिक नतिजाअनुसार दुवै इन्जिनका पखेटामा समस्या आएको देखाएको थियो ।

 

समाचार नेपाल टेलिभिजनको अनलाईन पोर्टलमा प्रकाशित छ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.