Fast Nepal News

कोदारी राजमार्गको कथा

banner single news
कोदारीदेखि बाह्रबिसेसम्मको बाटो निर्माण गर्न विकट पहाडहरु छिचोल्नुपर्थ्यो । बाटो बनाउने चिनियाँ सैनिकले गाढा हरियो सादा पोसाक लगाएका थिए, हातहतियार बोकेका थिएनन् । हातमा थियो– ज्यावल र मेसिन । नेपाल र चीनका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण ल्हासा र काठमाडौं जोड्ने राजमार्ग बनाउने निर्णय बुद्धिमत्तापूर्ण थियो । नेपाल र तिब्बतबीच निकै पुरानो मैत्रीपूर्ण सम्बन्ध भए पनि अग्ला पहाड र हिमाल दुईपक्षीय व्यापार र आवतजावतमा अवरोध बनेका थिए । आधुनिक सडक निर्माणले चीन र नेपालबीचको यातायातमा ठूलो सुधार र जनस्तरको सांस्कृतिक सम्बन्ध बढाउन मद्दत गर्थ्यो । तिब्बतलाई बाँकी संसारसँग जोड्न यादोङ बन्दरगाहबाट सिक्किम हुँदै कलकत्ता बन्दरगाह जोड्ने एउटा बाटो थियो । सन् १९६२ को चीन र भारतबीच सीमा युद्धपछि त्यो सडक ठप्प भयो । त्यसकारण दक्षिण एसियासँग जोडिन चीनलाई नयाँ बाटोको खाँचो पर्‍यो ।
चीन र भारतबीच पर्ने भूपरिवेष्टित देश नेपालको अर्थतन्त्र, व्यापार, रक्षालगायत विविध पक्षमा भारतको बलियो प्रभाव छ । आफ्नो सार्वभौमिकता जोगाउन नेपालले चीनसँग बलियो सम्बन्ध विस्तार गर्नुपरेको थियो । चीन–नेपाल राजमार्गबारे केही विदेशी शक्तिले कोकोहोलो मच्चाएका थिए । तर, राजा महेन्द्रले यस्ता दबाबको सामना गर्दै सार्वजनिक रूपमै भने, ‘नेपालमा साम्यवाद ट्याक्सी चढेर आउँदैन ।’ चीन–नेपाल राजमार्गअन्तर्गत ल्हासादेखि न्यालमसम्मको खण्ड ७१४ किलोमिटर लामो छ । न्यालमसम्म बाटो बनिसकेको थियो । न्यालमदेखि सिमानासम्म ४० किलोमिटरको बाटो बन्दै थियो । नेपालतिर काठमाडौंदेखि सीमावर्ती कोदारीसम्मको ११४ किलोमिटर राजमार्ग (काठमाडौं–कोदारी राजमार्ग) चीनको आर्थिक र प्राविधिक सहायतामा बनाइन लागेको थियो । सन् १९६३ मा त्यो बाटो बनाउने सहमति भएलगत्तै चीन सरकारले इन्जिनियरहरूको विज्ञ टोली नेपाल पठायो । त्यो टोलीलाई सर्भे, डिजाइन र बाटो बनाउने जिम्मा दिइएको थियो । कोदारीदेखि बाह्रबिसेसम्मको २० किलोमिटर बाटो बनाउन विकट पहाडहरू छिचोल्नुपर्थ्यो । नेपालको अनुरोध र अध्यक्ष माओ त्सेतुङको निर्देशनमा चीनले नेपालीहरूलाई दुःख नदिई यो सडकखण्ड बनाउन विज्ञ इन्जिनियरहरूको टोली नेपाल पठाएको थियो । ‘चिनियाँ सेना नेपाल पस्यो’ भनी विदेशी मिडियाले झूटो हल्ला फैलाउन सक्ने र संसारमा भ्रम फैलाउन सक्ने सम्भावनालाई ध्यानमा राखी सल्लाहबमोजिम चिनियाँ इन्जिनियरहरूको टोलीलाई ‘चिनियाँ सडक निर्माण बटालियन’ भनियो ।
बाटो निर्माणमा संलग्न चिनियाँ सैनिकले पोसाकको सट्टा गाढा हरियो सादा पोसाक लगाउने सहमति भयो । उनीहरू कसैले पनि हातहतियार बोकेका थिएनन् । सडक बनाउने ज्यावल र मेसिन मात्रै बोकेका थिए । ल्हासादेखि झाङ्मुसम्म सन् १९६४ मा मलाई ‘चिनियाँ सडक निर्माण बटालियन’ सँग जाने आदेश प्राप्त भयो । तिब्बत सैनिक क्षेत्रीय कमान्डको मालवाहक ट्रकमा म ल्हासा गएँ । चोमोलाङ्गमा हिमालको फेदको सिगात्सेको टिङ्गी काउन्टी हुँदै म न्यालम पुगें । ४ हजार मिटरभन्दा बढी उचाइका हिउँले ढाकेका टारमा बनेका ग्राबिल बिछ्याइएको कच्ची सडकबाट न्यालम पुगियो । न्यालम तिब्बत र नेपालबीच मुख्य व्यापारिक नाका थियो । त्यहाँ नेपालको वाणिज्य दूतावास थियो । सीमासम्मै बाटो पुग्ने भएपछि न्यालमको व्यापारिक केन्द्र सीमावर्ती झाङ्मु (नेपालीमा खासा) सार्ने तयारी भइरहेको थियो । अर्को दिन सैनिक जिपमा झाङ्मुतिर लागें ।
झाङ्मुसम्मको यात्रा ३० किलोमिटरको थियो । दस किलोमिटर सडक खनिसकिएको थियो । बाँकी बन्दै थियो । केहीबेरमै जिप ‘भर्खरै खुलेको’ बाटोको मुखमै पुग्यो । अगाडि बाटो निकै साँघुरो थियो । आवश्यक सामान आपूर्ति गर्न मालवाहक गाडी गुड्ने एकोहोरो सडक बनेको थियो । एकातिर चट्टान, अर्कोतिर भीर । गाडीको चक्काको आधा भाग तल भीरतिर झुन्डिएको देख्दा मन सिरिङ्ग हुन्थ्यो । झाङ्मु दुई हजार तीन सयको उचाइमा अवस्थित छ । जीवनमा पहिलोपटक हिमालयको मनोरम दृश्य त्यहाँ देखें । बाटोमा धेरै झरना र खोल्साहरू थिए । माथिजस्तो हावा चिसो थिएन, स्वच्छ र ओसिलो थियो । त्यसकारण श्वास फेर्न सजिलो थियो । सडक निर्माणका निम्ति विस्फोटनको काम भइरहेकाले गाडीको यात्रा रोकियो । झोला बोकेर हिँड्दै भिरालो पहाड पार गरें ।
अगाडिको गोरेटो बाटो घण्टौं हिँडेर म झाङ्मु पुगें । नेपालतिर अर्को दिन चिनियाँ बटालियन सदस्यहरूसँग म पनि झोला, टेन्ट, खाना पकाउने भाँडाकुँडा र निर्माणका औजार बोकेर विकट पहाडी बाटो छिचोल्दै गएँ । बाटोमा नेपालीहरूसँग भेट हुन्थ्यो । उनीहरू थाप्लामा नाम्लो र चोयाको डोकोभरि सामान बोकेर उकालो उक्लिरहेका थिए । झाङ्मुबाट चीन–नेपालको सीमामा पर्ने मितेरी पुल पुग्न १३ किलोमिटर हिँड्नुपर्थ्यो । अघिल्लो दिनको हिँडाइले मेरा खुट्टा दुखिरहेका थिए । झाङ्मु र नेपाललाई भोटेकोसी नदीमा बाँधिएको काठे पुलले अलग्याएको थियो । माथिबाट बग्दै आएका ठूलाठूला चट्टानमा ठोकिँदै भोटेकोसीमा बगेको पानी सेतो देखिन्थ्यो । झोला सम्हाल्दै म मितेरी पुल तरेर नेपाली भूमि प्रवेश गरें । नेपालतिर सीमा प्रहरी र भन्सारका कर्मचारीहरू थिए । उनीहरूले हामीसँग केही सोधेनन् । मैत्रीपूर्वक हेरिरहे । हामीले लगाएको पोसाक र बोकेका झोलाझाम्टा देखेर उनीहरूले हामीलाई चिनिसकेका थिए । मितेरी पुलबाट शिविरसम्म पुग्न एक किलोमिटरभन्दा लामो दूरी छिचोल्नुपर्थ्यो ।
मेरो झोलाको तौल झन्झन् बढिरहेको अनुभव भइरहेको थियो । खुट्टा शिथिल बन्दै थिए । बाटो निकै चिप्लो थियो । खाल्डाखुल्डीको कुरा गरिसाध्यै थिएन । एकातिर भिरालो भीर, अर्कोतिर छङछङ बगिरहेको नदी । कतै चिप्लिए सिधै नदीमा जाकिन्थ्यो । एक मिटरको एकतिहाइ जति चौडा हिलाम्य सडकको तल्तिर हेर्ने आँट आएन । जसोतसो हामी चिनियाँ बटालियनको मुख्यालय पुग्यौं । केही परको नेपाली शिविरमा रातदिन नेपाली सेनाको पहरा हुन्थ्यो । शिविर नजिकको मितेरी पुल पुग्ने राजमार्गको बाटो नबन्दासम्म चीन पुग्ने एउटै बाटो थियो ।
मुख्यालयभित्र भिरालो जमिनमा एकातिर काठ थुपारेर सम्म बनाई चारैतिर डोरी तानेर बस्न मिल्ने बनाइएका टेन्टहरू थिए । टेन्टभित्र दुईवटा सामान्य चोयाका खाट थिए । मोटा चोयालाई सन्पातको डोरीले बाँधेर खाट बनाइएको थियो र चारवटा टेकोले उठाइएको थियो । खाटमा कपासको पातलो डस्ना बिछ्याएँ र त्यसमाथि तन्ना । सबै लुगाफाटा एकछेउ गम्छाले छोपें । त्यत्ति भएपछि सुत्न समस्या भएन । मुख्यालयका मुख्य अधिकारी ली र सहायक प्रमुख वाङ थिए । वाङ र म एउटै टेन्टमा बस्थ्यौं । खतरनाक र जोखिमको काम हामी पुगेसँगै चिनियाँ बटालियनले काम थाल्यो । झन्डै पाँच सय मानिसलाई पाँचवटा उपसमूहमा विभाजन गरी हरेक उपसमूहलाई अलग सडक–खण्ड बनाउने जिम्मा लगाइएको थियो । पहिलो चरणमा ट्र्याक खोल्नु थियो । २० किलोमिटर लामो सडकखण्ड पहाडको उचाइमा पर्थ्यो । काम जोखिमपूर्ण थियो । सिपाहीहरू कम्मरमा मोटो डोरी बाँधेर हातमा मुंग्रा र छिनासहित दर्जनौं मिटर अग्ला चट्टान झुन्डिएरै फोड्थे । एकजनाले छिना समात्थ्यो र अर्कोले मुंग्राले हान्थ्यो । उनीहरू खोप्दै विस्फोटक पदार्थ राख्ने प्वाल बनाउँथे ।
कैयौं मानिस फलामको उत्तोलकले ठूलाठूला चट्टान पन्छाउँथे । स–साना चट्टान हातैले पन्छाउँथे । चट्टानमा प्वाल पार्दा, प्वालमा विस्फोटक राख्दा, विस्फोट नभएका विस्फोटक पन्छाउँदा र माथिबाट ढुङ्गा खस्दा काम गरिरहेका जवानहरूको ज्यान जोखिममा पर्थ्यो । काम थाल्नुअघि धरापका ढुङ्गा पन्छाउन लगाइन्थ्यो । तर, दुर्घटना भने भइरहन्थ्यो । एक दिन हातको मुठ्ठीजत्रो ढुङ्गा माथिबाट हुत्तिएर हेल्मेट छेडेर टाउकोमा लाग्दा एकजना सिपाही ठहरै भए । एक वर्षको अन्तरालमा यसरी चार जना सिपाहीहरूले ज्यान गुमाएका थिए । उनीहरूलाई झाङ्मुको सहिद स्मारकमा समाधिस्थ गरिएको थियो । चीनतिर बाटो बनाउँदा अरू पनि धेरैले ज्यान गुमाएका थिए । हरेक साँझ पहाडमा विस्फोटनका ठुल्ठूला प्रतिध्वनि सुनिन्थ्यो । दस टन बराबरको विस्फोटकको विस्फोटन चर्को सुनिन्थ्यो । त्यसले ७–८ हजार क्युबिक मिटर ठूलो चट्टान फुटाउँथ्यो । दुई कमान्डरको मैत्रीपूर्ण व्यवहार कमान्डर ली लेफ्टिनेन्ट कर्णेल र इन्जिनियर टोलीका राजनीतिक कमिसार थिए । म भाषानुवादक । हामीले दुईजना नेपाली सैनिक कमान्डरहरूसँग सम्पर्क गर्नुपर्थ्यो । थापा थरका सीमा कमान्डर सीमा रक्षाका निम्ति जिम्मेवार थिए । कार्की थरका अर्का कमान्डरको जिम्मेवारी चिनियाँ बटालियनको सुरक्षा थियो । दुवै मेजर थिए । हाम्रो मुख्यालयको झन्डै एक सय मिटर पर उनीहरू बङ्गलामा बस्थे । दुवै जना विनम्र र फरासिला थिए । सधैं हाँसेर नमस्कार गर्थे ।
हाम्रा टोली नेता ली भन्थे, ‘अध्यक्ष माओ र चीन सरकारको निर्देशनअनुसार हामी नेपालमा चीन–नेपाल राजमार्ग बनाउन आएका हौं । हामी यो गौरवपूर्ण काम समयमै सक्ने वाचा गर्छौं । यो बाटोले दुई देशबीचको सम्बन्धलाई अझ नजिक ल्याउनेछ । हाम्रा नेताहरूले हामीलाई नेपालको चालचलन र परम्पराप्रति सम्मान गर्न भनेका छन् । हामीबाट अन्जानमा केही गल्ती भए समयमै भन्नुहोला है ।’ नेपाली मेजरहरू भन्थे, ‘नेपाल गरिब देश हो । यातायातमा निकै समस्या छ । यो राजमार्ग बनाउन तपाईंहरू आउनुभएकामा नेपाली जनता निकै आभारी छन् । नेपालको पहाडमा बाटो खन्न धेरै जोखिम छ । चिनियाँ कामदारहरू जोखिमसँग डराउँदैनन् । खतरा मोल्छन् । अनुशासित छन् । हामीले यो सबै देख्यौं । स्थानीय जनता पनि खुसीसाथ भन्छन्– चिनियाँहरू राम्रा छन् ।’ कहिलेकाहीं नेपाली कमान्डरहरूलाई चिनियाँ चियाको स्वाद चखाउँथ्यौं । हामी पनि दूध, चिनी र चियापत्ति मिलाइएको चियाको स्वाद लिन्थ्यौं ।
विभिन्न अवसरमा नेपाली मेजरहरूलाई चिनियाँ परिकार खुवाउँथ्यौं । नेपालमा काम गर्दा चिनियाँ बटालियनका सदस्यहरूले कहिल्यै तीन अनुशासनका नियम र ध्यान दिनुपर्ने आठ कुरा उल्लङ्घन गरेनन् । स्थानीय जनतालाई दुःख दिएनन् । कोदारीमा सडकछेउ चर्चित तातोपानी कुण्ड छ । नेपाली महिला र पुरुष त्यहाँ नुहाउँछन् । उबेला महिलाहरू लुगा लगाएरै स्नान गर्थे भने पुरुष जाँघे मात्रै लगाएर । हाम्रा चिनियाँ सिपाहीहरू धुलोमैलोले गन्हाउने भइसक्दा पनि तातोपानीमा कहिल्यै नुहाएनन् । बरु नदीको चिसो पानीमा नुहाउँथे । चिनियाँ ज्यामीहरू कहिल्यै स्थानीयका घर, बजार वा पसलमा गएनन् । विस्फोटनबाट स्थानीय बासिन्दा प्रभावित नहोउन् भनी सदैव विचार‍याइयो । सडक निर्माणका निम्ति आवश्यक सामान र दैनिक आवश्यकताका सामान चीनबाट ल्याइन्थ्यो । केही खाद्यान्न र सागसब्जी मात्र नेपाली बजारबाट उचित मूल्यमा खरिद गरिन्थ्यो ।
गरिब पहाडी देश भए पनि नेपालका जनता सहृदयी, इमानदार र सरल छन् । वरपर डाँकु वा चोर नभएकाले चिनियाँ जवानहरू र सरसामान सुरक्षित थिए । स्वास्थ्य सेवा म चिनियाँ बटालियनका चिकित्सकको भाषानुवादक थिएँ । एउटा टेन्ट अस्पतालका रूपमा प्रयोग गरिएको थियो । ती चिकित्सक चिनियाँ जवानहरूको उपचार गर्थे । हप्ताको दुई दिन भने स्थानीय जनताको निःशुल्क स्वास्थ्य परीक्षण गर्थे । कोदारीका पहाडी बस्तीबाट गरिब जनता उपचारका लागि आउँथे । उनीहरू ख्याउटे र कमजोर देखिन्थे । उपचारका लागि आउने महिलाहरूको अनुहार हेर्दा चालीस वर्षभन्दा माथिका देखिए पनि खास उमेर भने तीस वरपर हुन्थ्यो । हैजा, पखाला र क्षयरोगले पिरोलिएका बिरामी धेरै हुन्थे । चिकित्सकको औषधिले उनीहरूमा निकै राम्रो प्रभाव पार्थ्यो । आयोडिनको कमीले गलगाँड बोकेका मानिस धेरै आउँथे । चिकित्सक उनीहरूलाई आयोडिनका चक्की दिन्थे ।

 

 

 
नेपाली राजाका प्रतिनिधि, मन्त्री, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति र विदेशी कूटनीतिज्ञसमेत दुई सय जनाको सहभागिता थियो । चीन–नेपाल राजमार्गको निर्माणले नेपालमा गहिरो प्रभाव पार्‍यो । नेपाली राजाआयोजना गर्‍यो । नेपाली राजाका प्रतिनिधि, मन्त्री, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति र विदेशी कूटनीतिज्ञसमेत दुई सय जनाको सहभागिता थियो । चीन–नेपाल राजमार्गको निर्माणले नेपालमा गहिरो प्रभाव पार्‍यो ।का प्रतिनिधि, मन्त्री, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति र विदेशी कूटनीतिज्ञसमेत दुई सय जनाको सहभागिता थियो । चीन–नेपाल राजमार्गको निर्माणले नेपालमा गहिरो प्रभाव पार्‍यो । (नेपाल–चीन सम्बन्धबारे चिनियाँ र नेपालीले लेखेका संस्मरणहरूको किताब ‘यु एन्ड अस : स्टोरिज अफ चाइना एन्ड नेपाल’बाट । यस संस्मरणका लेखक चेङ सुयोङ नेपालका लागि पूर्वचिनियाँ राजदूत हुन् ।)
अनुवाद : नीरज लवजू
समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।
Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.