Fast Nepal News

नेवार समुदायले ज्वा: न:मी — भोगटे खाने दिन

banner single news

१६ कार्तिक काठमाडौं ।आज मनाइँदै  नेवार समुदायले धुमधामका साथ ज्वा नवमी अर्थात् भोगटे खाने दिन मनाउदै छन्‌। ज्वा नवमी पर्वको आफ्नो छुट्टै विशेषता बोकेको नेवार समुदायको व्यक्तिहरुको भनाई छ। के_हो_ज्वा_नमी ? हरेक वर्ष कार्तिक शुल्क नवमी (कछलाथ्व न:मीको) दिनलाई अक्षय नवमी तथा कुष्माण्ड नवमीको रुपमा मनाइन्छ।

यस दिनलाई नेवा: समुदायले जुग न:मी, ज्वा: न:मीको नामले चिन्दछन्।यस तिथिलाई शुभ मानिन्छ भने यो दिन शुभकार्य गर्न साइत हेर्न नपर्ने जनविश्वास रहेको छ। मान्यता अनुसार यसै तिथिबाट सत्ययुग सुरु भएको मानिन्छ भने यसै नामबाट सत्य नवमीको नामले पनि चिनिन्छ। यसै दिन भग्वान विष्णुले कुष्मान्ड दैत्यलाई मारेको कारण कुष्माण्ड नवमीको रुपमा चिनिन्छ। #के_गरिन्छ? आजको दिन नेवा: समुदायमा विशेष गरि तिहारमा लक्ष्मी पूजा, म्ह पूजा तथा भाइटिकामा चढाइएको तथा प्रयोग गरिएका फलफूलहरु आजको दिन खाने गरिन्छ। आज विशेष गरि बिमेरो,भोगटे तथा सुन्तला साँधेर खाने र बाँड्ने गरिन्छ।

मास्न नहुने पर्वको रुपमा लिइन्छ त्यसैले जुठो परेको घरमा पनि अमिलो साँधेर खाने गरिन्छ। आजको दिन लप्सीलाई उसिनेर त्यसको गुँदी हटाइ माडा बनाएर सुकाएमा मीठो बन्ने विश्वास पनि गरिन्छ। पहिलेको समयमा लप्सीको माडा बनाएर मीठो पाउँ बनाउने गरेको कुरा अझै पनि बुढापाकाहरुबाट सुन्न सकिन्छ जुन हाल लोप भइसकेको छ। आजको दिनबाट दिन अझै छोटो हुने र चिसो बढ्ने मान्यता रहेको पाइन्छ।

Inside Article Ads

आजको दिनबाट काठ-दाउरा जोहो गर्न सुरु गर्ने गरिन्छ। साथै यहि तिथिमा बलम्बुमा महालक्ष्मी जात्रा तथा चापागाउँमा मरिस्ती जात्रा हुने गर्दछ। चापागाउँमा (वा देय्) विगत ४० वर्ष देखि रोकिएको मरिस्ती जात्रा यसपाली भव्यताका साथ मनाइँदै छ। यसै गरि आज सुप्रसिद्ध चाँगुनारायण मन्दिरमा मेला लाग्ने गर्दछ भने आजको दिन चाँगु दर्शन गर्न जाने गरिन्छ।आजको दिन दान गरेमा, व्रत बसेमा पुण्य हुने विश्वास गरिन्छ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.