Fast Nepal News

प्रतिभा मा.वि.मा १५ औं निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

banner single news

फागुन १५ गते , काभ्रे, पाँचखाल । भक्तपुरको सीमामा रहेको काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाको वडा नं ५ को प्रतिभा मा.वि.मा नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघको आयोजनामा १५ औं निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

सो कार्यक्रमका प्रमुख अतिथी नेपालका लागि पाकिस्तानका महामहिम राजदूत शैयद हैदर अली र पाँचखाल नगरपपालिकाकी उप मेयर लक्ष्मी दनुवारले पानसमा बत्ती बाली सो निःशुल्क शिविरको उदघाटन गर्नु भएको थियो ।
उदघाटन कार्यक्रममा बोल्दै महामहिम राजदुत शाहले नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले ग्राामीण भेगमा आयोजना गरेको यस स्वास्थ्य शिविरमा पाकिस्तानबाट मेडिकल क्षेत्रमा अध्ययन गरेर आएका चिकिस्तसकहरुले जुन सेवा गर्नु भयो त्यो अत्यन्त सराहनीय रहेको बताउनु भयो । हामी आशा गछौं कि यस प्रकारको स्वास्थ्य शिविर आफनो तर्पबाट जारी रहने र यस्ता सेवाहरुमा पाकिस्तान सरकारको पुणर्् सहयोग रहने बताउनु भयो ।

यसैगरी सो कार्यक्रममा बोल्दै पाँचखाल नगरपालिकाकी उप मेयर लक्ष्मी दनुवारले मानवीय स्वास्थ्यसंग जोडिएको यस खालको शिविरले ग्रामीण भेगका जनतालाई थप सहयोग पुगेको दाबी गर्नु भयो ।
सो कार्यक्रममा राजदूत शाहले पाँचखालको प्रतिभा मा.वि.को लागि एक थान प्रोजेक्टर उपमेयर लक्ष्मी दनुवार मार्फत प्रदान गर्नु भएको थियो ।

Inside Article Ads

नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ तथा नेपाल पत्रकार संघका सभापति डां मन्जुरत्न शाक्यले संचालन गर्नु भएको सो कार्यक्रममा बालरोग विशेषज्ञ डा. रमेश मल्ल , स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रशिला अमात्य, बरिष्ठ हाडजोणर्ि विशेषज्ञ डा. भरत बहादुर प्रधान, डा. प्रबीण बहादुर प्रधान लगायतले वडा नं ५ मा रहेका जेष्ठ नागरिक, पाठेघर समस्याका महिला , मधुमेहका रोगीहरुलाई स्वास्थ्य परिक्षण गरि निशुल्क औषधि बितरण गरको थिए । ।
मैत्री संघका महासचिव शाक्यको भनाइ अनुसार अक्रो महिनाको २६ मार्चमा यस्तै खालको निशुल्क स्वास्थ्य शिविरको ललितपुरमा आयोजना गरिने जानकारी दिनु भयो ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.