Fast Nepal News

नेपाली जनप्रगतिशिल मन्च बहराइनको कार्यसमितिका पदाधिकारी लाई जिम्मेवारी

banner single news

काठमाडौं, पुस ११- नेकपा माओवादी केन्द्रको वैदेशिक भात्री संघठन नेपाली जनप्रगतिशिल मन्च बहराइनको कार्यसमितिले पुर्णता पाएको छ ।

डिसेम्बर १८ तारिख बसेको मन्च सचिवालयको भर्चुअल बैठकले विभिन्न निर्णयहरु गर्दै कार्यसमितिलाई पुर्णता दिएको हो । जसमा प्रमुख सल्लाहकारमा नारायण रपाल बिस्वकर्मा, मानर्थ संरक्षकमा जीवन श्रेष्ठ, सल्लाहकारहरु तुल बहादुर किसान, ओलि राईनलाई चयन गरेको छ । त्यस्तै मन्चको निर्देशिका बमोजिम निर्वाचन आयोग प्रमुखमा नारायण रपाल बिस्वकर्मा, अनुशासन आयोग प्रमुखमा जीवन श्रेष्ठ, लेखा प्रशिक्षण आयोगमा सुक बहादुर कोईरालालाई जिम्मेवारी दिइएको छ ।

Inside Article Ads

मन्चका अध्यक्ष युबराज केसिको अध्यक्षतामा महासचिव कल्याण सिन्चौरीले संचालन गरेको बैठकले देब नारायण बिक, बिस्वराम रेग्मी, सागर रसाइली, सुर्य ठकुरी र बिपिन सुनारलाई कार्यसमितिमा थप गरेको छ ।

सहिदहरु प्रती श्रद्धाञ्जली स्वरुप एक मिनेट मौनधारण गर्दै सुरु भएको बैठकले बाँकी रहेको विभिन्न बिभागहरुमा समेत जिम्मेवारी तोकेको छ । जसमा प्रशिक्षण बिभागमा युबराज खत्री क्षेत्री, संघसंस्था समन्वय बिभागमा रामु काफ्ले, सुरक्षित आप्रवासन तथा श्रमिक बिभागमा गेहराज घर्तिमगर, संगठन बिभागमा कल्याण सिन्चौरी, आर्थिक बिभागमा बल बहादुर बुढाथोकी, सूचना तथा प्रबिधि बिभागमा गोपाल सेजवाल सुरक्षा तथा जनचेतना बिभागमा जिबित कार्की र प्रचार-प्रसार बिभागमा सुरज भट्टलाई जिम्मेवारी तोकेको छ ।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.