Fast Nepal News

आश्विन १४ गते देखी महिला चेम्बरको दशै बिशेष व्यापार मेला शुरु हुने

banner single news

 

काठमाडौं- नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको नेपाल महिला चेम्बरले अति महत्वको चाडबाड दशैलाई लक्षित गरि यहि आश्विन १४ गते देखी दशै बिशेष व्यापार मेला संचालनमा ल्याउने भएको छ ।उक्त मेला देशको राजधानी काठमाडौंको कमलपोखरी स्थित सिटी सेण्टरमा संचालनमा आउन लागेको हो ।

मेलामा स्वदेशमा उत्पादित कृषिजन्य उत्पादन र अन्य उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिनेछ । जस अन्तर्गत ढाका, उनी, पश्मिना, आभुषण, हेम्प र अर्गानिक, हर्बल, लत्ता कपडा, फूटवेयर, अर्गानिक चिया एवम् कफी, फ्रेगमेण्टेड क्याण्डल, फेस पेंण्टिङ् आदी सम्बन्धी वस्तुहरु रहने छन् ।

Inside Article Ads

आम उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै मुख्य रुपमा नेपाली महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रबर्धन गर्ने उदेश्यका साथ मेला आयोजनामा आउन लागेको जानकारी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिएकी छिन् ।

सिटी सेण्टर एशोसियसन पार्टनर रहेको यस मेलाको प्रबर्धन साझेदारमा सोचेको डटकम र मिडिया साझेदारमा सरोकार टिभी रहेको महिला चेम्बरकी महासचिव लिमा अधिकारीले जानकारी दिएकी छिन्।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.