Fast Nepal News

बाबा विश्वकर्माको पूजा भब्यताका साथ मनाईदै

banner single news

आज असोज १ गतेका दिन परापुर्व काल देखि मनाइदै आएको बाबा विश्वकर्माको पूजा भब्यताका साथ मनाईदै छ ।
हरेक कलकारखाना उघोग, कमप्युटर, मेशिन औजार, सवारी साधनलाई पुजा गरि ज्ञान बिज्ञान र सिपका भगवान बाबा बिश्वकर्मालाई आज सबैले सम्झने गर्छन ।विश्वकर्मा पुजाको २१ औ शताब्दीको बिज्ञान र प्रबिधीको युगमा झन महत्व बढेको छ । बढ्दो औधोगिकीकरण संगै भगवान बिश्वकर्माको पुजा महोत्सवले महत्व पाएको छ ।

आध्यात्मबाद र भौतिक बादको संतुलनले मात्र चरम बिकाश गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बिश्वकर्मा पुजा बनेको छ । बिशेष गरि हिनदु धर्मावलम्बीहरुले मनाउँदै आएको बिश्वकर्मा पुजा हिजो आज हरेक धर्म र जातका मजदुर तथ प्राबिधीकहरुले मनाउँदै आएका छन् र यस दिन विश्वकर्मा बाबाको सम्मान स्वरुप औजार मेशिनहरुलाई विश्राम पनि गराइन्छ । यसरी पूजा गर्नाले व्यापारमा वृद्धि साथै धनधान्य हुने मान्यता छ ।
बिश्वकर्मा पुजाको भोली पल्ट आ–आफ्ना स्थानमा सजाएर पुजा गरेर राखिएका बिश्वकर्मा बाबाको मुर्ती बाजा गाजा, नाच गान सहित नजिकैको पोखरी तथा नदीमा लगेर सेलाईने परम्परा रहेको छ भने कसैले बिश्वकर्माबाबाको फोटो राखेर मनाउने गरिन्छ ।
विश्वकर्मा बाबा देवताका शिल्पीकार, वास्तुकार, प्रथम इन्जिनियर र मेशिनका देवताको रुपमा चिनिन्छन ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.