Fast Nepal News

केही नयाँ समाचार देऊ पत्रकार महोदय –

banner single news

 

कति सुन्नु …..

• नेकपाको बिवाद अझै मिलेन
• नेकपा बिवादमा यान्छिको सक्रियता
• खुट्टा तान्ने प्रवृती नेपाली राजनीतिमा मौलाउँदै
• हिजो समातिएको सुन आज पित्तल
• नेपालमा भ्रष्टाचार संस्थागत बन्यो

कति सुन्नु ……

• सितलहर बढे संगै गरिब निमुखाको बिचल्ली
• युरिया मल नपाएर किसान चिन्तित
• साहुको ॠण तिर्न नसक्दा गरिबद्वारा झुण्डिएर आत्महत्या

कति सुन्नु यस्ता समाचार ….

• छोरोको लास बाकसमा आमाको रोएरै मृत्यु
• मलेसियामा नेपाली सेक्युरिटी गार्ड माथी तलवार प्रहार
• भारतिय र पाकिस्तानि बिचको गोलाबारिमा १० गोर्खा सैनिकको मृत्यु

कति सुन्नु दु:खको समाचार मात्र…

Inside Article Ads

• विष सेवन गरेर परिवार द्वारा आत्महत्या
• तरकारीले बजार नपाउँदा किसानद्वारा आत्महत्या ,
• टिउसन पढ्न गाकी छोरिको बलात्कार पछि हत्या

केही त नयाँ सुनाउ महोदय ,

• बालुवाटारमा बम आक्रमण
• पार्टी कार्यालयमा भीषण पहिरो
• मन्त्री मण्डलमा कुटाकुट

अझै अरु नयाँ सुनाउ यार ……

• रास्ट्रपति कार्यालयको पार्टीमा रक्सी सर्केर १० मन्त्री ठहरै, दर्जनौं नेता अस्पताल भर्ना
• कमिसनको भागबन्डामा झगडा अध्यक्षको टाउको फक्लकै, केही नेता पक्लकै
• प्रधानमन्त्री बन्न नपाउँदा फलानो नेताद्वारा झुन्डिएर आत्महत्या

केही नयाँ समाचार देउ महोदय ,
केही सुखद अनुभुती देउ ताकी मर्दा मर्दै केही पल मुसुक्क मुस्कुराएर म जस्ता गरिबले प्राण त्याग्न सकुँ।

रामचन्द्र तिम्सिना
(आवाज)

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.