Fast Nepal News

तीन पुस्ते कलाकारहरुको गाइजात्रा एकैठाउँमा भाद्र दुई गते देखि सात गते सम्म

banner single news

काठमाण्डौं, गाईजात्रा २०८१ कार्यक्रमको लागि गाईजात्रा बिशेष कार्यक्रम २०८१ को भाद्र दुई गते देखि सात गते सम्म प्रज्ञा भवन कमलादीमा हुने भएको छ ।
यस बर्षको गाईजात्रमा तीन पुस्ताका हाँस्यब्यङ्ग्य कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।पाँच दिन सम्म चल्ने यस भब्य कार्यक्रमका लागि कलाकारहरुमा मनोज गजुरेल, शैलेन्द्र शिंखडा, सीता न्यौपाने, सुबोध गौतम, मेक्शम गौडेल, यमन श्रेष्ठ, प्रभात लामा, प्रकृती गिरी , चक्र दवाडी, सजन श्रेष्ठ, रीमा बिश्वकर्मा आदि कलाकारहरुले मनोरन्जन गराउने भएका छन् ।
यही श्रावण ३१ गतेका दिन बानेश्वर स्थित इन्द्रेणी बैङकेटमा पत्रकार सम्मेलन गरि भाद्र दुई गते देखि हुने कार्यक्रमका बारेमा गाईजात्रमा संलग्न कलाकारहरुले आफ्नो कोशेलीका रुपमा आउने बिषय बस्तुका बारेमा सामन्य जानकनरी समेत दिएका थिए। साथै । कार्यक्रम आयोकका अनुसार करीब पाँच सो का लागि बिभिन्न संघ संस्थाले टिकट बुक गरि सकिएको र दर्शकको माग अनुसार कार्यक्रम लम्ब्याउन सकिने समेत जानकारी दिएका थिए ।

Inside Article Ads
Visited 53 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.