
- काठमाण्डौं, नेपाली चलचित्र मोदीबेनीको ट्रेलर सार्बजनिक भएको छ । काठमाण्डौको बानेश्वर स्थित एन बि कमप्लेक्सको आइ एन आइ सिनेमा हल भित्र पत्रकार र सिनेमा सँग संम्बधित कलाकारहरु र प्रबिधिकहरु माझ चलचित्र मोदीबेनीको टेलर सार्वाजनिक गरिएको थियो । यहि श्रवण १८ गतेबाट देशभरिका सिनेमाहलमा आउने चलचित्र मोदीबेनीका मुख्य कलाकारहरु बर्षा सिबकोटी र नव नायक अमर प्रताप श्रेष्ठ रहेका छन् भने साथमा नौ बर्ष पछि चलचित्रमा इन्ट्री मार्न रेजिना उप्रेती समेत आएकी छिन् । त्यसैगरी पुराना कलाकारमा सरोज खनाल, कमलमणी नेपाल, र निर्देशक सुब्रत आचार्यलाई पनि यस चलचित्रमा देख्न सकिनेछ । चलचित्रमा नव नायक त छदै छन् चलचित्रलाई निर्देशन पनि नयाँ निर्देशक शंकर कोइरालाले गरेका छन्। त्यसैगरी चलचित्रलाई ओ एस आर ले डिजिटल अधिकार लिएको छ चलचित्र हेर्दा चलचित्र मोदीबेनी एउटा हरर, थ्रिलर, ससपेन्स र लभस्टोरीले बाँधिएको देख्न सकिन्छ भने चलचित्र हाम्रै समाजमा घटेको बास्तबिक घटना भएको निर्माण पक्षले बताएको छ । त्यसैगरि चलचित्र सुटिङका क्रममा रातीको समयमा त्रासपुर्ण सुटिङ गरिएको कलाकार बर्षा सिबकोटी र नायक अमर प्रताप श्रेष्ठले बताएकाछन्
Visited 16 times, 1 visit(s) today