Fast Nepal News

अनुराग धमलाको ‘एक्लो जीवन’ सार्वजनिक, लोकसंगीतलाई नयाँ स्वाद

लोकसंगीतको मौलिकतालाई जोगाउँदै भावनात्मक प्रस्तुति दिन सफल यस गीतले नेपाली लोकसंगीतलाई गुन लगाएको प्रतिक्रिया पाउन थालेको छ।

banner single news

सम्वाददाता
काठमाडौं-
नेपाली लोकगीत संगीतको क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यसहित गायक तथा कलाकार अनुराग धमला दिगम्बरको नयाँ गीत ‘एक्लो जीवन’ सार्वजनिक भएको छ। प्रेममा परेको बिछोड, पीडा र एक्लोपनलाई मार्मिक ढंगले प्रस्तुत गरिएको यस गीतले नेपाली लोकसंगीतलाई अझ समृद्ध बनाउने अपेक्षा गरिएको छ।

गीतमा शब्द, संगीत तथा स्वर सुन्दर लामाको रहेको छ, जसले लोकधुनलाई आधुनिक स्वादसँग संयोजन गर्दै श्रोताको मन छोएको छ। लोकसंगीतको मौलिकतालाई जोगाउँदै भावनात्मक प्रस्तुति दिन सफल यस गीतले नेपाली लोकसंगीतलाई गुन लगाएको प्रतिक्रिया पाउन थालेको छ।

गीतको भिडियोमा अनुराग धमला दिगम्बर र यशु भट्टराईको अभिनय रहेको छ। उनीहरूको जीवन्त अभिनयले गीतको भावलाई अझ सशक्त बनाएको छ। लोकसंवेदना, कथा र अभिनयको संयोजनले भिडियो दर्शकका लागि आकर्षक बनेको छ।

Inside Article Ads

गीत सार्वजनिक गर्दै कलाकार अनुरागले भने, “लोकसंगीत हाम्रो पहिचान हो। ‘एक्लो जीवन’ जस्ता सिर्जनामार्फत नेपाली लोकगीतलाई जोगाउँदै नयाँ पुस्तासम्म पुर्‍याउने मेरो प्रयास हो।” उनले यस गीतले लोकसंगीत क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास पनि व्यक्त गरे।

म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको निर्देशन भूपेन्द्र रानाले गरेका हुन्। उत्कृष्ट प्राविधिक पक्ष र भावनात्मक प्रस्तुतीका कारण ‘एक्लो जीवन’ ले लोकगीत प्रेमी श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

Visited 95 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.