Fast Nepal News

लम्पसारवाद आखिर के हो त ?

banner single news

 

यो कुन कुन रुपमा अभिव्यक्त भएको छ । यसका सैद्धान्तिक र बैचारिक आधार के-के हुन ?
कस्तो छ यो समुह लम्पसारबादमा पतनको श्रृखला ?
यहाँ यस सम्बन्धि छोटो मीठो चर्चा गरिने छ ।

के हो लम्पसारवाद ?

गद्धारी र आत्मसमर्पणको अन्तिम अभिव्यक्ति लम्पसारवाद हो ।
कृषि मल बंगलादेशसंग उधारो माग्नु, चाईनासंग औषधि उपचारका सामग्री सहुलियतमा खोज्नु, WFO र WHO संग अनुदानको भिख माग्नु।

छिमेकी देश भारत, पाकिस्तान ,श्रीलंका र भुटान ,खाडी देशका कतार, साउदी, मलेसिया ,कुवेत लगायत अमेरिका, बेलायत् ,बेल्जियम ,स्विजरल्यान्ड, ब्राजिल मात्र नभई आफ्नै हैसियतमा नरहेका भियतनाम ,कम्बोडिया र भेनेजुयलासंग पनि खाद्यान्न लत्ताकपडा लगायतका सर-सामानहरु अनुदान खोज्नु।
बिबादास्पद MCC को पक्षमा खुलेर लाग्नु।

राजनीतिक रुपमा वर्गीय र राष्ट्रिय आत्मसमर्पणवाद, बैचारिक रुपमा बिचलनवाद, साँस्कृतिक रुपमा चाकडिवाद र दार्शनिक रुपमा भक्तिवादको केन्द्रीकृत र अन्तिम अभिव्यक्तिको रुपमा लम्पसारवाद देखा पर्दछ ।

Inside Article Ads

RAW र CIA को नांगो नाचलाई अनुमती दिनु, अमेरिकी र भारतीय MBC को खुल्ला निमन्त्रणा स्विकार्नु। साम्राज्यवाद र बिस्तारवाद सामु घुँडा टेक्नु।

अर्काे अर्थमा भन्नुपर्दा आफ्ना सम्पूर्ण ध्यय, उद्देश्य, निष्ठा, आदर्श र मूल्यप्रतिको प्रतिवद्धतामाथि विश्वासघात र गद्धारी गर्दै दुश्मनको बफादार नोकरमा परिणत हुनु र आफ्नो सम्पूर्ण पहिचान दुश्मनको सेवामा समर्पित गर्नु लम्पसारवाद हो ।

त्यसकारण लम्पसारवादीहरुको कुनै स्वतन्त्र रास्ट्रीय अस्तित्व नै हुदैन ।

राम चन्द्र तिम्सिना
(आवाज)

Visited 56 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.