Fast Nepal News

~~ सचिवालय बैठक ~~

banner single news

बेलायती रक्सी,
जर्मनी परफ्युम,
अमेरिकी र भारतिय एजेण्डा टेबुलमा सजाए पछि
बल्ल शुरु हुनेछ सचिवालय बैठक !!

भागबन्डामा किनबेच हुनेछ रास्ट्रीयता,
डलरमा साटिनेछन स्वाभिमान ,
गुट र उपगुटमा बिभक्त हुनेछन् दर्शन,
चाकडी र चाप्लुसिवादसंग लिलाम हुनेछन् सिद्धान्त ,
अनि शुरु हुनेछ सचिवालय बैठक !!

गुप्तचरी र जासुशिको योजनामा,
प्रचण्ड र माकुने मनाउन ,
माफिया, तस्कर रिझाउन र नागरिक रुवाउने योजना सहित ,
शुरु हुनेछ सचिवालय बैठक !!

कर्णालीको बहस हुनेछ रातारात,
खाद्यान्न संकट बारे होईन सत्ता संकट बारे !
चीन, जापान, बेल्जियम र अरबको चर्चा हुनेछ,
बिकास र समृद्धिका लागि होईन राजदूत नियुक्ति बारे !
नुवाकोट ,धादिङ ,रसुवा अनि रोल्पा ,रुकुम र जाजरकोटको बहस हुनेछ आर्थिक बिकासको होईन राजनीतिक नियुक्तिको !!

दिन्कै हुन्छ दिन्कै हुनेछ ,
सत्ता केन्द्रित बहस,
सत्ता केन्द्रित एजेन्डा,
सत्ता केन्द्रित भागबन्डा,
बिदेशी ह्विस्किको चुस्की संगै,
शुरु हुनेछ सचिवालय बैठक !!

Inside Article Ads

प्रचण्डलाई जुँगाको ताउ लगाउन,
माकुनेको अंशबण्डामा भाउ लगाउन,
ओलिको दम्भ र बामदेवको घमण्ड संगै
शुरु हुनेछ सचिवालय बैठक !!

मार्क्स, लेनिन र माओको सिद्धान्त गोजिमा बोकेर
पुँजिवादी संस्कार संगै,
शुरु हुनेछ सचिवालय बैठक !!
अन्त्य हुनेछ सचिवालय बैठक !!

राम चन्द्र तिम्सिना
(आवाज)

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.