Fast Nepal News

दशैकाे शुभकामना- कविता

मातृकाप्रसाद खनाल कवि ( छन्द:-अनुष्टुप)

banner single news

अायाे अायाे दशै अायाे
लाेक सारा रमाइलाे।
खेतबारी झुल्याे धान
जुनेली र घमाइलाे।।
१
हिलाे, मैलाे, झरी ,वर्षा! हट्याे, सरद याम हाे।
सारा नेपाल बासीकाे
दशै पर्व रमाइलो ।।
२
माता दुर्गा भवानीले
सद्बुध्दि सवमा दिउन्।
देश चुस्ने चुसेराका सारा रक्त चुसी लिउन्।।
३
भ्रष्टाचारी,दुराचारी
चण्डाल देश द्राेहकाे।
सत्यानास गरीदेऊ घुस्याहा अनि क्राेधकाे।।
४
देश बिदेशका प्यारा
नेपालीकाे मुहारमा।
पहेँलो जमरा देऊ
राताे टीका निधारमा ।।
५
शुभमंगलका साथै
अाशिर्वाद लिएँ दिएँ।
बिजया दशमी हाम्राे
नेपाली दिलमा रमेँ।।
६
भलाे मंगल सारामा सुस्वास्थ्य,धन,ज्ञानमा।
चिरञ्जीवी भए साथी!
दशैकाे शुभकामना ।।
७
**********

Inside Article Ads
Visited 139 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.