Fast Nepal News

खगेन्द्र बस्यालका समसामयिक छेस्का कविता

✍️ खगेन्द्र बस्याल तिलोत्तमा-९ सरस्वती पथ, रुपन्देही

banner single news

१.
फेरिए कुनै
नाटक हेर्दै
जनता उनै ।
२.
दिएर सुन
कतै हामीले
साट्यौं कि नुन !
३.
भयो अभाव
कता हरायो
राष्ट्रिय भाव !
४.
ती शाकाहारी
जनता चुसे
भो दिगदारी !
५.
कस्तो बिचित्र
अहो जिन्दगी
अमुर्त चित्र ।
६.
अगुवा पात्र
पाइयो थाहा
नाटक मात्र !
७.
राष्ट्रिय पात्र
गर्दैछन् कुरा
क्षेत्रीय मात्र ।
८.
हुँदा हराम
आस्थामा लाग्याे
पूर्णबिराम ।
९.
प्रगति पथ
देखियो आज
बिग्रेको रथ ।
१०.
जोई र पोई
तराजु हुन
सिकेको खोई !
<><><><><>
(सर्जक खगेन्द्र बस्याल, लामो समयदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएका सिद्धहस्त बरिस्ठ साहित्यकार का साथै छेस्का साहित्य नेपालका केन्द्रीय सदस्य समेत हुनुहुन्छ)

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस
1 Comment
  1. Murari Raj Mishra says

    मीठा छेस्काहरु । बधाई छ सर ।

प्रतिक्रिया

Your email address will not be published.