Fast Nepal News

‘मेरो देश चुहिरहेछ’

banner single news

(मातृकाप्रसाद खनाल) कवि लमजुङ ।

त्रिखुट्टी माथि अडिएको मेरो देश
साच्चै ! जलहरी भइरहेछ ।
शुद्ध जल भन्दै सेचन गरिदैछ
पिंदबाट निरन्तर–निरन्तर
बुँदा बुँदा खसिरहेछ ।
जनताको महायज्ञ हुँदा पनि
गोदान र भूमेदान चढाएर
शिवको भक्ति आरधना गरिंदैछ
उता ! निरन्तर–निरन्तर
तप्प–तप्प
मेरो देश चुहिरहेछ ।
मेरो शीरको सगरमाथा
प्रत्येकको गाथाबाट हराइसकेछ ।
आँखा खोलेर नियाल्दा त
आँशु–आँशुमा
ऊ पनि
तप्प–तप्प चुहिरहेछ ।
पराइको कुटील चूम्वन
धाप मार्दै, कन्याउदै
दाह«ा–नङ्ग्रा गाडेर
मेरो देशको अस्मिता लुटिरहेछ ।
सिङ्गो देहलाई चोइट्याउँदै
मेरो हिमाल !
मेरो पहाड !
मेरो तराइ !
पृथकताको मरुभूमिमा
मन्द–मन्द मुस्काउन थालिसकेछ ।
उसैले अंकुश घुसाएर
मेरो माटो अनि प्राणवायु नै
तानिरहेछ ।
अझै–अझै
निरन्तर–निरन्तर
तप्प–तप्प
मेरो देश चुहिरहेछ ।
परेवी पंक्षी उडाएर
मेरै पखेरीमा रजाईं गर्दै
तृणीधारी मृगी माथि
ड्याङ्ग–ड्याङ्ग
गोली ठोकिरहेछ ।
उता !
त्रिखुट्टी माथि अडिएर
तप्प–तप्प
मेरो देश चुहिरहेछ ।
हिन्द र प्रशान्त महासागरमा
कहाँ थेग्रीन पुगिसकेछ ?
यता
कति सानो मेरो देश
कसैको खल्तीमा अट्ने भैसकेछ ।
अझै निरन्तर–निरन्तर
तप्प–तप्प
मेरो देश चुहिरहेछ ।
यौटा ‘सावक’ मेरो देश
अतितमा पनि
पराईको बन्धन चुँडालेर
उन्मुक्त बुर्कुसीमार्दै
स्वच्छन्द विचरण गर्न पाएन ।
वर्तमानमा !
शिकारीले विलो बाँडे जस्तै
नवजात शिवहरुवीच
मेरो देशको विलोमा
अंशवण्डा गरिदै छ ।
अझै निरन्तर–निरन्तर
तप्प–तप्प
मेरो देश चुलिरहेछ ।
भविष्यमा ?
अनुत्तरित छ, उत्तर ।
कुलो निरन्तर बगिरहेछ
समुन्द्रको डिल नाघेर
कसैको ढुकुटीमा
मेरो देश !
वन्दकी बनि सकेछ ।
यता !
अझै निरन्तर–निरन्तर
तप्प–तप्प
मेरो देश चुहिरहेछ ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.