Fast Nepal News

दुई सर्जकका दस छेस्का कविता

छेस्का साहित्य ( नियमित स्तम्भ )

banner single news

✍️ जयनारायण नेपाल,
ईलाम, हाल: भक्तपुर ।
१.
कुरा छ सिधा
कुपात्रलाई
दिने हो बिदा !
२.
हे लोभी मन,
अर्काको धन
गन्दै नगन ।
३.
हरायो सुध्दि
समय छंदै
आएन बुध्दि ।
४.
गफका पोका
माखो नमार्ने
पदका भोका !
५.
देख्नका जोगी
देखिए रोगी
रहेछन् ढोंगी।

<><><><><>

Inside Article Ads

✍️ कालिचरण बस्नेत,
पालुङ्ग, मकवानपुर ।
१.
विना प्रमाण
केही हुँदैन
तर्कको सार ।
२.
देखिन्न छाँट
यी बुढाबाट
युवाले आँट ।
३.
रोजौँ सुपात्र
मत हालेर
छाँटाैं कुपात्र ।
४.
आफैले गर,
अरुको भर
बन्दैन घर ।
५.
भिर्दा जडौरी
मौलिकताको
पर्यो खडेरी !
<><><><><>

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.