Fast Nepal News

नव-यात्रा कविता (छन्द:-उपजाति)

कवि मातृकाप्रसाद खनाल , राईनास ५ लमजुङ

banner single news

अामा पुकारी जप ध्यान गर्छु!
म भार तिर्दै अब युध्द गर्छु!!
कर्मी जुटौ कर्म नयाँ समालौ!
सुकर्म गर्दै पसिना बगाअौ!!

याे कल्प मेराे भवसार थेग्ने!
समाजवादी सपना छ देख्ने!!
याे फूलबारी,भमराे कता छ?
लुकेर माली रसमा डुबेछ!!

संसार थेग्ने बल गर्छु मैले!
समाज नौलाे हुनुपर्छ एेले!!
निर्माण गर्दा नव बेद मैले!
भने”भयाे पागल याे”कसैले!!

संगीत नौलाे धरणी पुकारेँ!
म राष्ट्रकाे भक्त बनेर अाएँ!!
संगीतमा मादलकाे लगानी!
लिदैछु मैले तरुणाे जवानी!!

खेलौ जिताअौ युग याे उठाअौ!
मिलेर अागाे-जल एक हाेअौ!!
यी पाखुरीले युग जित्नु पर्छ!
सबै सबैकाे हित गर्नु पर्छ!!

माटाे चलाए सुन फल्छ एेले!
छरी उज्यालाे जल डुल्छ जैले!!
हीरा र माेती हिमसंग अाऊ!
म नाच्छु अामा थपडी बजाऊ!!

Inside Article Ads
Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस
1 Comment
  1. Murari Raj Mishra says

    उत्साह जगाउने मीठो कविता ।

प्रतिक्रिया

Your email address will not be published.