
✍️ मिलन बाेहरा,
विश्वनाथ, असम
१.
हावामा घर
छ बिना भर
गोत्र न थर ।
२.
घर संसार
सजिलो भन्छन्
खै वारपार ?
३.
घाटका गधा
यता न उता
विचित्र कथा ।
४.
चिसो ओछ्यान
एकान्त बास
रुन्छ यो ज्यान ।
५.
आतुर मन
प्रेयसी भेट्न
शुन्य छ धन ।
<><><><><>
✍️ उपेन्द्रप्रसाद खनाल,
मनमैजु, काठमाडौं ।
१.
सस्कार हाम्रो
भड्किलो भन्दा
सभ्य नै राम्रो ।
२.
हरायो मर्म
देखावटी भो
तीजको पर्व ।
३.
श्रद्धा र भक्ती
पितृका लागि
यो कुशे औशी ।
४.
बाबुको प्यार
जीवन ज्याेति
बाँच्नुको सार ।
५.
शहर भर
डोजर जात्रा
भत्किए घर ।
<><><><><>
