Fast Nepal News

नव यात्रा ,कविता .( उपजाती छन्द)

कवि - मातृकाप्रसाद खनाल

banner single news

अाफै समाली अब गर्जनी हाे।
नयाँ बिहानी नव सिर्जना हाे।।
नौलाे छ यात्रा अब हार खान्न।
हिमाल बाेक्छु अब भार हुन्न।।

नेपाल मैले दिल भित्र राख्छु।
खपेर चाेट युग जित्न सक्छु।।
भूगाेल मेराे दिलकाे धरा हाे।
म भित्र बाेल्ने रचना कला हाे।।

नाच्दै पराईसित अंकमाल ।
हुँदैन साथी दिलमा कमाल।।
याे देश मेराे नव नन्दनी हाे।
ललाट अाफ्नै नव चन्दनी हाे।।

यी पाखुरीले तरबार बाेक्छु।
नयाँ र नौलाे घरवार दिन्छु।।
खुँडा र भाला खुकुरी म बाेक्छु।
कमाल गर्दै समता म दिन्छु।।

मेराे जवानी युगको निशानी।
खुलेर अाएँ यस जिन्दगानी।।
बाटाे नयाँ लिन्छु चढी उकाली।
लिदैछु माटाे पसिना पगाली।।

Inside Article Ads
Visited 79 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.