Fast Nepal News

कविता “गणतान्त्रिक नेपालको कहानी”

✍️ पद्महरि पाैडेल

banner single news

हजुरबा‌को गैरी खेतमा, बन‌माराको घारी ।
गरिखान जवान छोरो, पुग्याे बोर्डर पारी ।।

याे देशका नेताहरु, संधैभरी मोजमा ।
युवाचाँहि भाैंतारिए, रोजगारीको खोजमा ।।

काेहि पुगे मलेसिया, कोहि अरब खाडी ।
बिदेसिन बाध्य भए, आफ्नो मुलुक छाडि ।।

बुढा भा’का बाबुआमा, बस्छन् घरमा एक्लै । गणतान्त्रिक नेपालको, कहानी छ बेग्ले ।।

छोरा आउने बाटो हेरी, बित्यो तिहार दशैं ।
साहुकाे ऋणले सर्नुपर्ने, भएको छ बसाइँ ।।

Inside Article Ads

यो देशमा फटाहाले, ओगट्या’छन् सत्ता ।
जनतालाई करकाे भारी, तिसहजारलाई भत्ता ।।

देश टुक्र्याएरै भएपनि, गरेकाछन् चैन ।
दुस्मनले बाेर्डर मिच्याे, यिनलाई थाहै छैन ।।

मुलुकलाई कंगाल् बनाई, गरेकाछन् मस्ति ।
यिनका शासन खेप्दा भयाे, जनतालाई सास्ती ।।
<><><><><>
(उमामहेश्वर मार्ग, कुमारीगाल, कामपा-७)

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.