Fast Nepal News

दुई सर्जकका दस छेस्का कविताहरु

banner single news

✍️ उद्धव थापा,
पथरी, माेरङ्ग
१.
रहेन धर्म,
राजनीतिमा
साह्रै कुकर्म।
२.
डकैती ठाडो,
मच्चियो यहाँ
आफलौं चाँडो।
३.
मेची र काली,
जुरुक्क उठौं
चेतना बाली।
४.
फालौं विकृति,
जगेर्ना गरौं
सभ्य संस्कृति।
५.
गौरवगाथा,
गाइरहेछ
सगरमाथा।
<><><><><>

✍️ शिवकुमार रेग्मी,
पाेखराथाेक, पाल्पा
१.
ठूलो छ ताल
बिना पानीको
माछा बेहाल।
२.
नेता चण्डाल
सत्ताका भोगी
देश कंगाल।
३.
बाघको भांती
कुर्लन्छन् हेर
स्यालका तांती।
४.
पैसाको थैलो
जिन्दगी बन्छ
धूलो र मैलो।
५.
हेर्दा छ हिराे
लेख्न र पढ्न
रहेछ जिराे !
**********

Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.