Fast Nepal News

बुद्ध थिएटर फेस्टिवल सुरु

banner single news


आयुष्मा गिरी/प्रकाश कपाली

नयाँ वर्ष २०७९ सुरु भएसँगै बुद्ध थिएटर फेस्टिवल सुरु भएको छ। सांस्कृतिक प्रतिष्ठान राष्ट्रिय नाचघरमा वैशाख २ गतेदेखि वैशाख ८ गतेसम्म शारदा शर्माको उपन्यासमा आधारित ताप नाटक र लघुकथामा आधारित बोधीयात्रा नाटक मञ्चन भएको सांस्कृतिक प्रतिष्ठान राष्ट्रिय नाचघरमा सुरु भएको सांस्कृतिक प्रतिष्ठानले जनाएको छ।

वैशाख २ गतेदेखि सुरु भएको बुद्ध थिएटर फेस्टिवल ७ दिनसम्म नाटक मञ्चन हुने विषयमा नाट्य निर्देशक पुष्कर गुरुङले बताउनुभएको छ।

बुद्ध थिएटर फेस्टिवल सुरु भएसँगै डा.अभि सुवेदीले पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको छ। यसैगरी कार्यक्रमको समुद्घाटन सँगै बुद्ध धर्ममा आधारित मन्त्रोच्चारण गर्दै कार्यक्रमको शुभारम्भ गरेको छ।

Inside Article Ads

कार्यक्रमको शुभारम्भ भएसँगै कार्यक्रममा अतिथिको रुपमा उपस्थित हुनुभएका डा.अभि सुवेदीले बुद्ध थिएटर फेस्टिवल १० वटा अन्य कार्यक्रम भन्दा शक्तिशाली हुने धारणा प्रस्तुत गर्नुभयो।

बुद्ध हाम्रो मातृभूमिमा जन्मेका एक महान् सन्त र भगवानसँग मात्र नजोडिई बुद्ध ज्ञान र उपदेश राष्ट्रसँग जोडिएको पनि धारणा प्रकट गर्नुभयो। आफू नाट्य क्षेत्रमा लागेको लामो समय भएको विषयलाई प्रस्तुत गर्दै नाटक भनेको जनजिविकाको समस्या भित्र पस्ने कोशिस गरी कलाकारले त्यसको अभिनय गर्ने विधाको रुपमा व्याख्या गर्दै नाटकले समाजको वास्तविकतालाई जीवन्त बनाउने विषयमा पनि आफ्ना धारणा राख्नुभयो।

यसैगरी नाटक निर्देशक पुष्कर गुरुङले नेपाल बुद्धको जन्मभूमि भएकाले बुद्धको ज्ञानलाई विश्वभरी फैलाउने उद्देश्यले नाटकको माध्यमबाट बौद्ध धर्मावलम्बी र सम्प्रदायको जनजीवनको वास्तविक यथार्थलाई प्रस्तुत गर्दै बौद्ध धर्मलाई विश्वमाझ पुर्याउन बुद्ध थिएटर फेस्टिवलमा बुद्ध र बौद्धिक धर्मालम्बीहरूको वास्तविक जीवनसँग आधारित नाटकले थप मद्दत पुर्याउने पनि विश्वास व्यक्त गर्नुभयो।

बुद्ध थिएटर फेस्टिवल सुरु भएलगत्तै लघुकथामा आधारित बोधीयात्रा र शारदा शर्माको उपन्यासमा आधारित ताप नाटक सांस्कृतिक प्रतिष्ठान राष्ट्रिय नाचघरमा मञ्चन गरिएको छ। यसैगरी बुद्ध थिएटर फेस्टिवल ७ दिनको समयावधिमा बुद्धको जीवन र बौद्धिक धर्मावलम्बीहरूको सम्प्रदाय र धार्मिक आस्था र गतिविधिमा आधारित नाटक मञ्चन हुने नाटक निर्देशक गुरुङले बताउनुभएको छ।

Visited 36 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.