Fast Nepal News

“भर्चुअल छेस्का कविता वाचन कार्यक्रम सम्पन्न”

banner single news

काठमाडौ चैत २।मुरारीराज मिश्र

छेस्का साहित्य नेपाल केन्द्रीय समितिले साँस्कृतिक फागु पर्वको अवसर पारेर फागु पूर्णिमाकाे पूर्वसन्ध्यामा २०७८ चैत्र २ गते साँझ भर्चुअल छेस्का कविता वाचन कार्यक्रम सम्पन्न गरेकाे छ ।

गुगल मिट मार्फत गरिएको साे कार्यक्रममा नेपाल तथा भारतबाट सहभागी साहित्यिक सर्जकहरु विनोद नेपाल, जयनारायण नेपाल, एलपी पराजुली, मुरारी राज मिश्र, खगेन्द्रप्रसाद बस्याल, ओमप्रकाश आचार्य, हृदय लेकाली, बुद्ध प्रकाश सिंह, तीला लेकाली, गीताश्री शर्मा, ज्ञानबहादुर क्षेत्री, बाबुराम पौडेल, नरेश नेपाल, रचना शर्मा, शान्ता शाक्य, देवेन्द्र शाक्य लगायतका स्रष्टाहरुले फागु पर्व तथा अन्य बिषयमा आफूले लेखेका छेस्का कविता प्रत्यक्ष वाचन गर्नुभएको थियाे ।

Inside Article Ads

छेस्का साहित्य नेपालका सचिव एलपी पराजुलीकाे संयाेजन र छेस्का साहित्य नेपालका अध्यक्ष एवं छेस्काका प्रवर्तक विनाेद नेपालकाे सभापतित्वमा सम्पन्न साे कार्यक्रममा सहभागी स्रष्टाहरुले यस्ता कार्यक्रमबाट आपसी परिचय, साँस्कृतिक आदानप्रदान तथा साहित्यकाे विकासमा टेवा पुग्ने बिचार ब्यक्त गर्नुभएको थियाे ।

Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.