Fast Nepal News

समसामयिक दस छेस्काहरु

✍️ जयनारायण नेपाल, इलाम, हाल: भक्तपुर ।

banner single news

*****************************
१.
राज्यका अंग
स्वार्थले गर्दा
भए अपांग ।
२.
बुध्दिका छोटा
देखिए सबै
मनका खोटा ।
३.
मानेका ठूला
बिषालु बन्दै
पस्ने हुन् दुला ।
४.
चिनेका बिष्ट
स्वार्थका पोका
के हुन्थे इष्ट !
५.
ढंग न रङ
मपाईं बन्दै
पर्ने हुन् दङ्ग ।
६.
बेलाको बोली
नजाने बोल्न
पछुतो भोलि ।
७.
के साह्रो टन्टा
खानको भन्दा
चुठ्नको लन्ठा !
८.
कस्तो रवाफ
समय दिन्छ
यस्को जबाफ ।
९.
छैन कि मुल
भयो शहर
झन् काकाकुल ।
१०.
गरे पो सेवा
बोटमा फल्छ
गुलियो मेवा ।
***********
✍️ सर्जक छेस्का साहित्य नेपालका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।
<><><><><><><><

Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.