
फागुन १८ काठमाडौ
चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा,बरिष्ठ हास्य व्यङ्ग्यकार एबं प्रज्ञ नरनाथ लुईंटेल ज्यूकाे प्रमुख अातिथ्यमा तथा डा,बम बहादुर थापा,कलानिधि दाहाल ज्यूकाे विशिष्ट अातिथ्यतामा अनी सुधा बास्काेटा ज्यूकाे कुशल उद्घाेषणमा ९२ अाैं हाँस्य व्यङ्ग्य विशेष काव्य श्रृङ्खला १७ जना बरिष्ठ साहित्यकारहरुकाे सहभागितामा हाँस्य व्यङ्ग्य रचनाकाे बेजाेड प्रस्तुति सहित सम्पन्न भयाे ।अाजकाे उपस्थित अतिथि हाँस्य व्यङ्ग्य साहित्यकारहरुमा,लक्ष्मी प्रसाद मिश्र,यज्ञलाल सुवेदी,सिर्जना खनाल,द्वारिका कुईकेल,उर्मिला पन्त,शुरेश घिमिरे,शारदा अाचार्य,चन्द्रावती अधिकारी,बिनु बाबा घिमिरे,सिता घिमिरे चुडा निर्भिक,सुधा बास्काेटा लगायत १७ जना साहित्यकारहरूले अा-अाफ्ना हाँस्य व्यङ्ग्य रचना कविता,मुक्तक,खाेरिया,प्याराेडी प्रस्तुत गर्नु भएकाे थियाे ।कार्यक्रमा प्रमुख अतिथि लुईंटेलले हाँस्य व्यङ्ग्य अहिले पछिल्लाे पुस्तामा पुनरा वृत्ति भएकाेछ। चन्द्रागिरिकाे याे कार्यक्रम पनि महत्व पूर्ण बनेकाे छ भन्नु भयाे ।हास्य र व्यङ्ग्यकाे उचित संयाेजन भएन भने हुँदैन भैरव अर्याल जस्ताे,केशव राज पिंडाली,श्यम गाेतामेकाे जस्तै हुनु पर्दछ भन्नु भयाे ।डा बम वहादुर थापाले चाहन्छु भन्ने शव्दकाे प्रयाेग नेताहरुले जस्ताे गर्नु हुन्न बधाई दिन्छु,धन्न्यवाद दिन्छु भन्नु पर्छ चाहना गरेर मात्र हुँदैन भन्नु हुँदै पद, पैसा र पावरकाे कमाल व्यङ्ग्य कविता सुनाउनु भयाे ।कला निधि दाहालले व्यङ्य भनेकाे जस्ताकाे तस्तै गाली गर्ने हाेइन त्यसमा कलात्मक पक्षकाे सिरक अाेडाउन सक्नु पर्छ भन्नु हुँदै
खाली खाली भएँछु म शिर्षककाे कविता सुनाउनु भयाे ।
साे अवसरमा गंगा लिगल ज्युकाे कविता सुधा वास्काेटा ढकाल ज्यूले पढेर सुनाउनु भयाे । अध्यक्ष धड्कनज्यूले पद्म दीपा पाैडेल स्मृति सम्मान तथा पुरस्कार प्रप्त गर्नु भएकाेमा हार्दिक बधाई ज्ञापन गर्नु भयाे । अध्यक्ष जनार्दन अधिकारी धड्कनले (खाेरिया पर्वतक)काे हैसयतले खाेरियाकाे सैदान्तिक पक्ष ४ लाइनकाे संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लाेक छन्दकाे कविताकाे उपविधा खाेरियाकाे चिनारी दिनु हुदै गजल सुनाउनु भयाे । हामीले विधागत,विषयगत काव्य श्रृङ्खला गर्ने माैका पाईरहेका छाैं हरेक श्रृङ्खलामा यहाहरूकाे अमूल्य समय पाएर कार्यक्रमले निरन्तरता र लाेक प्रियता पाएकाे र अायाेजकलाई खुशी थपिएकाे भन्नु हुदै सम्पूर्ण उपस्थित अतिथि साहित्यकारहरूमा हार्दिक अाभार व्यक्त गर्नु हुँदै हाँस्य रचना सुनाई समापनकाे घाेषणा गर्नु भयाे ।
