
*******************
१.
आगो दन्कियो
वारुण यन्त्र
उतै थन्कियो ।
२.
भाडाको घर
राज्यको कर
बढ्दो छ दर ।
३.
लाटो गोठालो
कुरै नबुझी
छोप्यो कठालो ।
४.
हुस्सु सिकारी
चलायो गोली
आँखै नहेरि ।
५.
समायौ दाम
नगरी काम
पर्याै हराम ।
६.
कहिले वारि
कहिले पारि
यात्रा छ जारी।
७.
बोक हजार
घिरौला किन्न
कुद बजार ।
८.
घराना छोरी
जिन्दगी बित्यो
नचिनी तोरी ।
९.
नौली बुहारी
भाँडा बजेनि
आशंका भारी ।
१०.
साउने खीर
माघको खित्रो
चैतमा पिर ।
*****
✍️ सर्जक सुपरिचित साहित्यिक ब्यक्तित्ब एवं छेस्का साहित्य नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ
<><><><><><><><><><><><><><>><<>
