
१.
माफिया तन्त्र
अभाव सृष्टि
कमाउ मन्त्र ।
२.
ओखती मुलो
पाउनै छोड्यो
कुरा छन् ठूलो ।
३.
सुम्पियौं ताज
हिंजोको गल्ती
भोग्दैछौं आज ।
४.
नेता प्रधान
बिक्यो विद्वत्ता
लत्रे विद्वान ।
५.
धनका लोभी
मरि मेट्दैछन्
थुतुनो चोबी ।
६.
सपना साँच्यौं
खोटो कर्मले
भ्रममा बाँच्यौं ।
७.
कर्म नगरि
टन्न भकारी
हुन्छ कसरी ?
८.
बुझेनन् गति
हेरेनन् घर
भत्कियो कति !
९.
मनका चाहा
पुरा नहुँदा
निम्तिन्छ डाहा ।
१०.
पुरानै रुप
बेथिति उस्तै
दुनियाँ चुप ।
***
(सर्जक कविता बिधामा सुपरिचित ब्यक्तित्ब एवं छेस्का साहित्य नेपालका केन्द्रीय सचिव हुनुहुन्छ)
<><><><><><><><><><><><><><>><<>
