Fast Nepal News

पाँच नारी सर्जकका दस छेस्का कविता

सर्जक र साहित्य ( नियमित स्तम्भ )

banner single news


१.
भएन काैडी
भाेकाे छ पेट
काँ जाऊँ दाैडी ?
२.
प्रकृति रानी
रारा र फेवा
आँखाका नानी ।
✍️ चन्द्रावती अधिकारी,
बांके
<><><><><><><><><><>

१.
माघको जाडो
किटिए दाँत
खप्न भो गाह्रो ।
२.
मुखले ठिक्क
ढाँटको खेती
पार्छन दिक्क ।
✍️ गीताश्री शर्मा,
सिक्किम भारत
<><><><><<<><><><><>

१.
निर्गुण माया
ब्यर्थ भो आज
सगुण काया ।
२.
शिखर माथी
हिउँ छ सेतै
चढ्ने कि साथी ?
✍️ रचना शर्मा प्रतीक्षा,
इमाडोल ललितपुर
<><><><><><><><><><>

१.
यो कस्तो कुरा ?
अगाडी राम
पछाडी छुरा ।
२.
के गर्छौ ईर्ष्या ?
रिस र राग
सबै नै बिर्स ।
✍️ पुन्य आचार्य,
सुर्यविनायक भक्तपुर
<><><><><><><><><><>

१.
चतुर दृष्टि
भाषाकाे सृष्टि
नाैनीकाे वृष्टि ।
२.
माटाेकाे मूल्य
खै के ले भर्ने
विवेक शून्य ।
✍️ शान्ता पाठक,
काठमाडौं
<><><><><><><><><><>

Inside Article Ads
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.