Fast Nepal News

पाँच नारी सर्जकका दस छेस्का कविता

सर्जक र साहित्य ( नियमित स्तम्भ )

banner single news


१.
भएन काैडी
भाेकाे छ पेट
काँ जाऊँ दाैडी ?
२.
प्रकृति रानी
रारा र फेवा
आँखाका नानी ।
✍️ चन्द्रावती अधिकारी,
बांके
<><><><><><><><><><>

१.
माघको जाडो
किटिए दाँत
खप्न भो गाह्रो ।
२.
मुखले ठिक्क
ढाँटको खेती
पार्छन दिक्क ।
✍️ गीताश्री शर्मा,
सिक्किम भारत
<><><><><<<><><><><>

१.
निर्गुण माया
ब्यर्थ भो आज
सगुण काया ।
२.
शिखर माथी
हिउँ छ सेतै
चढ्ने कि साथी ?
✍️ रचना शर्मा प्रतीक्षा,
इमाडोल ललितपुर
<><><><><><><><><><>

१.
यो कस्तो कुरा ?
अगाडी राम
पछाडी छुरा ।
२.
के गर्छौ ईर्ष्या ?
रिस र राग
सबै नै बिर्स ।
✍️ पुन्य आचार्य,
सुर्यविनायक भक्तपुर
<><><><><><><><><><>

१.
चतुर दृष्टि
भाषाकाे सृष्टि
नाैनीकाे वृष्टि ।
२.
माटाेकाे मूल्य
खै के ले भर्ने
विवेक शून्य ।
✍️ शान्ता पाठक,
काठमाडौं
<><><><><><><><><><>

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस
4 Comments
  1. मुरारीराज मिश्र says

    मीठा छेस्काहरु …सम्पूर्ण सर्जकहरुमा हार्दिक बधाई ।

  2. रेवतीरमण सापकोटा ओदालगढी असम भारत says

    छेस्काका छेस्काहरु राम्रा छन्।

  3. छेस्काका छड्किएका छेस्काहरु राम्रा छन्।

  4. छेस्काका छड्किएका छेस्काहरु राम्रा छन्। अरू पनि पढ्न पाउने आशा छ।

प्रतिक्रिया

Your email address will not be published.