Fast Nepal News

पाँच सर्जकका दस छेस्का कविता

छेस्का साहित्य (नियमित स्तम्भ )

banner single news


१.
जानेका फुट्न
लडाइँ गर्छन्
छाडेर जुट्न ।
२.
शत्रुता मासौं
कटुता त्यागी
एकता गासौँ ।
✍️ नारायण अधिकारी (पाल्पा)
<><><><><>

१.
नक्कली माया
दुई दिनको
घाम र छाया ।
२.
बर्सेछ झरी
तिम्रो त्यो रुप
लाग्दैछ परी ।
✍️ भरत मल्ल (काठमाडौं)
<><><><><>

१.
उठाउँ साथी
लडेकालाई
हुनेछ जाती ।
२.
जाँदैछु टाढा
नलाउ माया
धेरै नै गाढा ।
✍️ कुमार धमला (सुनसरी)
<><><><><>

१.
मायाका कुरा
हुँदैनन् पूरा
सबै अधुरा ।
२.
कुर्सिमा अब
बनाउँ काँडा
नेता छन् छाडा ।
✍️ दुर्गा काफ्ले (धनकुटा)
<><><><><>

१.
आफ्नाको अर्थ
बाटो मोडेर
भएछ ब्यर्थ ।
२.
हरायो मन
तिमी सँग नै
किन हो झन्झन् ?
✍️ रितु बुढाथोकी (उदयपुर)
<><><><><>

Inside Article Ads
Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.