Fast Nepal News

विनाेदका गाउँ केन्द्रित छेस्का कविता

✍️ विनोद नेपाल

banner single news

१.
सुन्दर ठाउँ
बाँझियो साथी
त्यो हाम्रो गाउँ !
२.
यहीँ छ पूरा
नगर साथी
उताका कुरा ।
३.
जे खोज्यो उही
आँगनै भरि
जाई र जुही ।
४.
छैन गुनासो
लेक र बेसी
मायालु हाँसो ।
५.
निश्छल आँखा
नबिर्स साथी
लैबरी भाका ।
६.
कहाँ छ अर्को
शान्तिको थलो
बोल्दैन चर्को ।
७.
रम्दछन् आँखा
उर्बर माटो
हरिया पाखा ।
८.
बुझौँ न आजै
बनेमा गाउँ
समृद्धी साँच्चै ।
९.
दिनेछ श्राप
बिर्सिए गाउँ
लाग्नेछ पाप ।
१०.
नताक नर्क
ए साथी फर्क
गाउँ नै स्वर्ग ।
<><<<><><>
२०७८।०८।०५
– पोखराथोक, माडी, पाल्पा
हाल : काठमाडौँ
(सर्जक नेपाल, छेस्का साहित्य नेपालका अध्यक्ष हुनुहुन्छ । )

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस
1 Comment
  1. Murari Raj Mishra says

    बधाई छ सर ।

प्रतिक्रिया

Your email address will not be published.