

१.
अरुका कुरा
मनमा राख
सुनेर पूरा ।
२.
खुट्टा भाचिन्छ
टेक्न नजाने
सबै नासिन्छ ।
✍️ ईन्दिरा ज्ञवाली

१.
रै’छ पाे मान्छे
विभेद पूर्ण,
लुच्चाे चैं भान्से !
२.
उत्कृष्ट रै’छ
धर्म याे हाम्रो
साह्रै नै राम्रो !
✍️ शान्ता पाठक

१.
धर्म संस्कृति
एकता सूत्र
छैन विकृति ।।
२.
विधर्मी चाल
मासेर धर्म
गर्छन् है राज ।
✍️ जनार्दन पाैडेल

१.
हरियो फांट
देखिन्छ राम्रो
दिन्छ कि छांट !
२.
गरियो भक्ति
मिलेर पूजा
आउला शक्ति ।
✍️ नरेश नेपाल

१.
अमिलो पिरो
लाग्ला है रोग
पेटमा किरो !
२.
रोएको मन
सम्हाल्नै गाह्रो
पापको धन !
✍️ बुद्ध प्रकाश सिंह
<><><><><>
