A Letter to Periodic Table
शिवराज पाैड्याल (विज्ञान शिक्षक- पद्मकन्या मावि)
Hi, मेरी प्यारी chlorine
म छु यहाँ IA मा
तिमी सात समुन्द्र पारि VIIA मा
Hydrogen त आउने जाने गर्दछ |
I.e sometimes IA त VIIA मा
उसले भन्दै थियो ।तिमीलाई एउटा electron चाहिएको छ|
जुन मसँग छ|
आऊ प्रिय तिमि हामी मिलौ i.e electrovalent compound बनाउँ
जुन stable होस् युगौ युग सम्म अमर रहोस |
तिम्रो र मेरो सम्बन्धमा electrovalent bond बनोस
तर, प्रिय जमाना खराब छ, कसैले हामीलाई एकपटक पानीमा
Dissolve गराउन सक्छ|
I.e. ions को रुपमा टुक्र्याउन सक्छ|
Mendeleev -Moseley र अन्य मिलेर हामीलाई धेरै पर पुर्याईदिए
तर पनि हाम्रो प्रेम लाई दुनियाले जिब्रोको स्वाद बनाइरहेका छन्
आजभोलि तिम्रो साथी आयोडिन पनि हामीसँगै आएकी छिन्
सबैलाई goiter हुनबाट बचाई रहेकी छिन्
उनी पनि साह्रै खुशी छिन् सहयात्रा गर्न पाएकोमा
भन्दै थिइन् तिमीहरु सबैलाई स्वाद देउ म स्वास्थ्य दिन्छु
यस्तै गरी कोही तिम्रा साथी सहयात्रा गर्न चाहन्छन् भने
हामी सम्बन्धमा गाँस्यौ र सेवा गर्ने मौकाबाट नचुकौ |
तिमीलाई सधैं octet बनाउन चाहने उही तिम्रो electropositive साथी
– Sodium