
सुमित्रा भुजेल
लमजुङ जिल्लामा रहेको कैदीबन्दी, सडक मानव र ज्येष्ठ नागरिकलाई पनि कोभिड विरुद्धको खोप लगाउने अभियान शुरु गरिएको छ । राइनास नगरपालिका वडा नं। ८ हर्राबोटमा रहेको ज्येष्ठ नागरिक सर्वोदय वृद्धआश्रममा आश्रित १५ जना वृद्धवृद्धालाई यस खोप लगाईएको कोभिड सम्पर्क ब्यक्ति बरालको भनाई छ । यीमध्ये ७ जना वृद्ध र ८ जना वृद्धालाई लगाइएको छ । त्यस्तै, सोही अवसरमा यस नगरपालिकाका तीन जना स्वास्थ्यकर्मी महिलालाई पनि उक्त खोप लगाइएको कोभिड सम्पर्क ब्यक्ति बरालको भनाई छ ।
त्यस्तै, यस अघि गत २० गते अर्थात गत मंगलबार बेँसीशहर नगरपालिका वडा नं। ८ मा रहेको जिल्लाकारागारका ९० जना कैदीबन्दी र वडा नं। ७ मा रहेको मानवसेवा आश्रमका आश्रित बेवारिसे सडक २२ जना सडक मानवलाई पनि कोभिड विरुद्धको खोप लगाइएको थियो । ९० जना कैदीबन्दीमध्ये ८२ जना पुरुष र ८ जना महिलालाई उक्त खोप लगाइएको थियो भने, आश्रमका २२ जनामध्ये १२ जना पुरुष र १० जना महिलालाई लगाइएको कोभिड सम्पर्क ब्यक्ति बरालको भनाई छ ।
