Fast Nepal News

‘दुई तिहाइभन्दा बढी नेपालीमा एन्टिबडी’

banner single news

काठमाडौँ — १४ भाद्र २०७८

काठमाडौँ , सरकारी अध्ययनअनुसार करिब दुई तिहाइभन्दा बढी नेपालीमा कोभिड–१९ विरुद्धको एन्टिबडी विकास भएको छ । खोप लगाएका वा प्राकृतिक रूपमै कोभिड संक्रमण निको भएर यति धेरै नेपालीमा प्रतिरोधी क्षमता विकास भएको सरकारको दाबी छ । सर्वेक्षणले कोभिडविरुद्धको खोपको प्रभावकारितासमेत राम्रो देखाएको छ । सर्वेक्षणअनुसार मुलुकमा एक मात्रा खोप लगाएकामा ८० प्रतिशत र दुई मात्रा खोप लगाएकामा ९० प्रतिशत कोभिडविरुद्धको एन्टिबडी देखिएको छ ।६ महिनाभन्दा बढी उमेरका व्यक्तिहरूमा असार २१ देखि साउन ३० गतेसम्म संकलित नमुनामध्ये १३ हजार १ सय ६१ जनाको परीक्षण तथा विश्लेषण गर्दा ६८.६ प्रतिशत व्यक्तिमा कोभिडको एन्टिबडी देखिएको हो । ‘कोभिड–१९ संक्रमणको दोस्रो राष्ट्रिय ‘सेरो प्रिभ्यालेन्स’ सर्वेक्षण भएको समय मुलुकमा १८ वर्षमाथिका जनसंख्यामध्ये करिब साढे १० प्रतिशत जतिले कोभिडविरुद्धको खोप लिएको जनाउँदै डा. राजेन्द्र बीसीले भने, ‘कोभिडविरुद्ध एन्टिबडी देखिएका ६८.६ प्रतिशतमध्ये करिब साढे १० प्रतिशतमा खोपले गर्दा एन्टिबडी देखियो भने ५८ प्रतिशतमा आफैं प्राकृतिक रूपमा संक्रमित भएर निको भएका हुन् ।’

सर्वेक्षणको प्रारम्भिक नतिजाअनुसार देशभरि दुई तिहाइभन्दा बढी व्यक्तिमा कोभिडविरुद्घको एन्टिबडी विकास भएको देखिन्छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने । उनका अनुसार सातवटै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, सहर सबै लिंग उमेर, पेसा तथा सबै समूहमा करिब समान रूपमै एन्टिबडी देखिएको छ । दुई तिहाइ नेपाली भनेको करिब दुई करोड जनसंख्या हो । जसमध्ये यो अध्ययनका लागि अन्तिम नमुना संकलन गर्दाको दिनसम्म पहिलो वा दोस्रो पनि खोप लगाएका व्यक्तिको संख्या ३० लाख थियो । त्यस्तै अहिलेसम्म पनि करिब ७ लाख ५९ हजार संक्रमित भएको पुष्टि भएको छ । यसरी खोप लगाएका र कोभिड पुष्टि भएको जनसंख्या करिब ३७ लाख भए पनि दुई करोड जनसंख्यामा कसरी एन्टिबडी बन्यो ?

पुष्टि भएको संख्या थोरै भए पनि निकै धेरै नेपाली संक्रमित भएको तर धेरैमा लक्षण नदेखिएको वा देखिए पनि परीक्षणमा नगएको सरकारी अधिकारीहरूको भनाइ छ । ‘डेल्टा भेरिएन्ट अत्यन्त संक्रामक भएकाले दोस्रो लहरमा धेरै जनसंख्यामा संक्रमित भयो,’ डा. पौडेलले भने, ‘सर्वेक्षणअनुसार लक्षण नभएका र टेस्ट नभएका व्यक्तिमा समेत धेरै बढी कोभिडको संक्रमण देखिएको छ ।’‘सेरो प्रिभ्यालेन्स’ सर्वेक्षण भएको समय मुलुकमा १८ वर्षमाथिका जनसंख्यामध्ये करिब साढे १० प्रतिशत जतिले कोभिडविरुद्धको खोप लिएको जनाउँदै डा. बीसीले भने, ‘कोभिडविरुद्ध एन्टिबडी देखिएका ६८.६ प्रतिशतमध्ये करिब साढे १० प्रतिशतमा खोपले गर्दा एन्टिबडी देखियो भने ५८ प्रतिशतमा आफैं प्राकृतिक रूपमा संक्रमित भएर निको भएका हुन ।’ सर्वेक्षणको प्रारम्भिक नतिजाले कोभिड नेपालमा व्यापक रूपमा फैलिएको देखाएको जनाउँदै वरिष्ठ जनस्वास्थ्यविद् बीसी भन्छन्, ‘सर्वेक्षणले मुलुकमा करिब १० प्रतिशत जनसंख्या खोप र ५८ प्रतिशत जनसंख्या प्राकृतिक रूपमै संक्रमित भएर कोभिडविरुद्ध प्रतिरोधक क्षमता हासिल गरेको देखिएको छ ।’

पहिलो लहरको भाइरसभन्दा ‘डेल्टा भेरिएन्ट’ करिब शतप्रतिशत बढी संक्रामक देखिएको छ । गत असार ३१ गते गरिएको पछिल्लो जिनोमिक सिक्वेन्सिङ (जिनोमिक पहिचान) मा शतप्रतिशत नमुनामा डेल्टा भेरिएन्ट देखिएको र डेल्टा भेरिएन्ट देखिएकाहरूमध्ये करिब ८ प्रतिशतमा डेल्टा प्लस (एवाई.१) समेत देखिएको थियो ।त्यस्तै अत्यन्त संक्रामक मानिएको कप्पा भेरिएन्ट (बी.१.६१७.१) समेत नेपालमा पुष्टि भइसकेको छ । कप्पा भेरिएन्ट पहिलो लहरको भाइरसको दाँजोमा २८ देखि ८९ प्रतिशतसम्म बढी संक्रामक देखिएको छ । अहिले भने मुख्य रूपले नेपालमा कप्पा देखिएको छैन । तर डेल्टा, डेल्टा प्लस, कप्पा आदि सबैको सर्ने दर उच्च रहेको छ । यी भेरिएन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनहरूबाट पाइएको डा. पौडेल जनाउँछन् ।

दोस्रो राष्ट्रिय ‘सेरो प्रिभ्यालेन्स’ सर्वेक्षण भएको समय मुलुकमा १८ वर्षमाथिका जनसंख्यामध्ये करिब साढे १० प्रतिशत जतिले कोभिडविरुद्घको खोप लिएको जनाउँदै डा. बीसीले भने, ‘कोभिडविरुद्ध एन्टिबडी देखिएका ६८.६ प्रतिशतमध्ये करिब साढे १० प्रतिशतमा खोपले गर्दा एन्टिबडी देखियो भने ५८ प्रतिशतमा आफैं प्राकृतिक रूपमा संक्रमित भएर निको भएका हुन् ।’ सर्वेक्षणले आगामी दिनमा हुने भीडभाड र चाडपर्वलाई व्यवस्थित गर्दा धेरै व्यक्तिको ज्यान जोगाउन सकिने प्रस्ट रूपमा सन्देश दिएको औंल्याउँदै डा. पौडेल भन्छन्, ‘हाल मुलुकमा देखिएको भन्दा बढी संक्रामक र खतरनाक भेरिएन्ट आउने जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाउनु अपरिहार्य देखिएको छ ।’

के मुलुक ‘हर्ड इम्युनिटी’ तिर जाँदै छ ?

Inside Article Ads

सेरो ‘प्रिभ्यालेन्स’ सर्वेक्षणले आधाभन्दा बढी नेपाली कोभिडविरुद्ध आफैं संक्रमित भएर आफैं निको भएको देखाएको औंल्याउँदै विज्ञहरूले मुलुक ‘हर्ड इम्युनिटी’ तिर गइरहेको समेत जनाएका छन् । तर केही विज्ञले भने कोभिडको ‘डेल्टा भेरिएन्ट’ सँग ‘हर्ड इम्युनिटी’ सम्भव नरहेको समेत दाबी गरेका छन् । हर्ड इम्युनिटीको अर्थ समाज वा समूहका केही प्रतिशत व्यक्तिमा रोग प्रतिरोधक क्षमताको विकासको माध्यमले संक्रामक रोगको प्रसार रोकिनु हो ।स्वास्थ्य मन्त्रालयका केही पदाधिकारीहरूले समेत नाम उल्लेख नगर्ने सर्तमा मुलुक कोभिड संक्रमणविरुद्ध हर्ड इम्युनिटीतिर गइरहेको बताए । ‘५८ प्रतिशत जनसंख्या संक्रमित भएर प्रतिरोधी क्षमतायुक्त भएको नतिजाले मुलुक प्राकृतिक रूपमा हर्ड इम्युनिटीतिर गइरहेको देखिन्छ,’ डा. बीसी भन्छन्, ‘हामी खोप लगाएर मात्र होइन, प्राकृतिक रूपमा संक्रमित भएर हर्ड इम्युनिटीतिर गइरहेको यो सर्वेक्षणले प्रस्ट गरेको छ ।’

तर, केही विज्ञहरू भने नेपालमा ‘डेल्टा भेरिएन्ट’ को संक्रमण व्यापक रहेकाले ‘हर्ड इम्युनिटी’ सम्भव नभएको दाबी गर्छन् । ‘हालै बेलायतको अक्सफोर्ड भ्याक्सिन समूहका प्रमुखले कोभिडको अत्यधिक संक्रामक डेल्टा भेरिएन्टले हर्ड इम्युनिटीको सम्भावनालाई कठिन बनाएको भन्दै सचेत गराइसकेका छन्,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘९५ प्रतिशत व्यक्तिलाई खोप लगाए दादुरा फैलिँदैन तर कोभिडको डेल्टा भेरिएन्ट ती व्यक्तिलाई समेत संक्रमित गर्छ जो खोप लगाइसकेको होस् । यसैले हर्ड इम्युनिटी सम्भव नहुन पनि सक्छ ।’यस्तै खोप लगाएकाहरूलाई समेत संक्रमित पार्न सक्ने कोभिड भाइरसको सम्भावित नयाँ स्वरूपको खतरासमेत कायमै रहेकोले हर्ड इम्युनिटीको तत्काल सम्भावना नभएको डा. मरासिनीको तर्क छ ।

‘कतिपय संक्रमणविरुद्ध शरीरमा बनेको एन्टिबडी केही निश्चित समय पछि आफैं कमजोर भएर हराउँदै जाने पनि हुन सक्ने भएकाले अहिले नै कोभिडविरुद्ध हर्ड इम्युनिटी प्राप्त हुन्छ वा हुँदैन किटान गर्नु कठिन छ,’ उनले भने ।विज्ञहरूका अनुसार हाल विश्वमै कोभिड रोगविरुद्ध इम्युनिटी (प्रतिरोधक क्षमता) प्राप्त गर्नका लागि दुई मात्र विकल्प छ । पहिलो विकल्प खोपको माध्यमले प्रतिरोधक क्षमता प्राप्त गर्ने, अर्को कोरोनाको संक्रमण भएर प्राकृतिक रूपमै प्रतिरोधी क्षमता स्वतः विकास गर्ने । खोपद्वारा प्राप्त हुने रोग प्रतिरोधक क्षमता कम जोखिमपूर्ण हुन्छ । तर प्राकृतिक रूपमा भएको संक्रमणवाट प्राप्त हुने प्रतिरोधक क्षमता विकास गरेर हर्ड इम्युनिटीमा जानु बढी जोखिमपूर्ण हुने गरेको छ । डा. बीसीका अनुसार करिब ८० प्रतिशत जनसंख्यामा कोभिडविरुद्ध एन्टिबडी बन्यो भने बाँकी रहेका २० प्रतिशत संक्रमणबाट आफैं जोगिन सक्छन् ।विज्ञहरूका अनुसार यदि कुनै रोग जनसंख्याको ठूलो खण्डमा फैलिन्छ भने बाँकी रहेका व्यक्ति यसबाट सुरक्षित भइहाल्छन् ।

अर्थात् व्यक्तिको रोग प्रतिरोधक क्षमताले त्यो रोगबाट लड्न संक्रमितलाई सघाउँछ । रोगसँग लडेर पूर्ण रूपमा निको भएकाहरू त्यो रोगबाट ‘इम्युन’ भइहाल्छन् । अर्थात् ती व्यक्तिमा प्रतिरक्षात्मक गुण विकास हुन्छ । सामान्य भाषामा भन्ने हो भने इम्युनिटी भनेको व्यक्तिलाई संक्रमण भयो र त्यस पछि त्यसको रोग प्रतिरोधक क्षमताले भाइरससँग लड्नका लागि एन्टिबडी तयार हुनु हो । जति बढी व्यक्ति इम्युन हुँदै जान्छन् त्यति नै संक्रमण फैलिने खतरा कम हुँदै जान्छ । यसमा ती व्यक्तिहरूलाई पनि अप्रत्यक्ष रूपमा सुरक्षा मिल्छ जो न कहिल्यै संक्रमित भएका छन् न त रोगका लागि ‘इम्युन’ नै छन् ।

( कान्तिपुर दैनिक )

Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.